
काठमाडाँै, ५ फागुन । जापान सरकारले भूकम्पबाट क्षतिग्रत भौतिक संरचनाको पुनःस्थापनाका लागि रु तीन अर्ब ४४ करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।
परोपकार प्रसूतिगृह र वीरअस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारास्थित खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण र गोरखाको बारपाक बाह्रकिलोस्थित पुलको निर्माणका लागि जापान सरकारले उक्त अनुदान प्रदान गरेको हो ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि चुतोमु सिमीजुले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा जाइकाका प्रमुख सिमीजुले पुनर्निर्माणका काम द्रुत गतिमा कार्यान्वयन गर्न जापानी सहयोग फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सहसचिव अर्यालले नेपालको सामाजिक एवम् आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहायताप्रति आभार व्यक्त गर्नुभयो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर