लण्डन । मगर संघ युकेकाे पाँचाैँ महाधिवेसन अप्रिल २ मा हुने भएकाे छ।
फार्नब्राेस्थित सामुयल काेडी स्पाेर्टस हलमा हुने साे अधिवेसनबाट अागामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने संघले बताएकाे छ।
नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष तथा संरक्षक मेजर रिटायर्ड कुलबहादुर थापाकाे संयाेजकत्वमा निर्वाचन समिति गठन गरिएकाे छ । साे समितिमा सान्त पुन सहसंयाेजक, रमेश सराङकाेटी सदस्यसचिव, अाेमप्रसाद थापा काेषाध्यक्ष र राम गलामी सदस्य रहेका छन् ।
निर्वाचन समितिले निर्वाचनकाे कार्यक्रम पनि प्रकाशित गरेकाे छ जसअनुसार शाखाहरूले १८ मार्च दिउँसाे ५ बजेभित्र शाखाबाट महाधिवेसन प्रतिनिधिहरूकाे नाम पठाइसक्नुपर्ने, १९ मार्चमा मतदाता नामावली सार्वजनिक गरिने, २५ मार्च मध्यरातभित्रमा उम्मेदवारी दिनपर्ने र २६ मार्चमा उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरिने छ ।
यस्तै उम्मेदवारमाथि दाबी विराेध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवार नामावली प्रकाशनका लागि २७ मार्च ताेकिएकाे छ । मतदान र परिणाम घाेषणा २ अप्रिलमा हुने छ ।
समितिले अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि ३०० पाउण्ड, उपाध्यक्ष पदहरूमा उम्मेदवारी दिनका लागि २०० पाउण्ड, महासचिव र काेषाध्यक्ष पदका लागि १५० पाउण्ड, सचिव र सहकाेषाध्यक्ष पदका लागि १०० पाउण्ड र सदस्य पदका लागि ५० पाउण्ड उम्मेदवार शुल्क ताेकिएकाे छ ।
अधिवेसनले १ अध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ काेषाध्यक्ष, १ सहकाेषाध्यक्ष र १२ सदस्य निर्वाचित गर्ने छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान