लन्डन । द्वन्द्वपीडित वालवालिकाको सहयोगका लागि बेलायतमा भव्य च्यारिटी कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासिय नेपाली संघ, बेलायत महिला फोरमले यही मार्च ५ तारिख शनिवार अल्डरसटको किंग्स् सेन्टरमा च्यारिटी गर्न लागेको हो ।
कार्यक्रमबाट संकलित रकम सर्लाहीको हरिवन घर्कौलीस्थित चेतना समूह नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहलाई प्रदान गरिने फोरमकी संयोजक सुशीला राईले जानकारी दिइन् ।
आश्रममा चालिस भन्दा बढि द्वन्द्वपीडित वालवालिका आश्रित छन् । राईकै नेतृत्वमा प्रवासी नेपाली मञ्चले नारी दिवस कार्यक्रम आयोजना गरि चितवनका चेपांगहरुलाई सहयोग समेत गरिएको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा हिमाल पहाड तराईको एउटै नारा संवृद्ध समाज निर्माण महिलाको अभिभारा भन्ने नाराका साथ फोरम सामाजिक कार्यमा जुटेको हो । एनआरएन महिला फोरमले यसअघि विकट जिल्ला जुम्लाको मितेरी गाविसमा निर्माणार्थ प्रसुती केन्द्रका लागि २० लाख रुपैयां भन्दा बढि रकम सहयोग गरिसकेको छ । फोरमले असहाय महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ । फोरमले हरेक वर्ष नारी दिवसका अवसरमा समाजिक कार्य पनि आयोजना गर्दै आएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’