काठमाडौँ, २ फागुन । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रूपमा मनाउन थालेका छन् ।
प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रूपमा दिने बानीको विकास गरेको ठान्छिन् । उनले भनिन्—“प्रणय दिवस आफँैमा नराम्रो नभए पनि सहरी युवाले प्रेमलाई फेसनका रूपमा लिई कतिको भविष्य समेत खतरामा पारेका छन् । त्यसैले यसलाई सभ्य रूपमा मनाउन सकेमा मात्र राम्रो हुन्छ ।”
विज्ञापन कम्पनीमा कार्यरत दिवस ढकाल भने यो दिवसलाई मायाप्रेम साट्ने दिनको रूपमा लिन्छन् । उनी भन्छन्— “अहिले समय फेरिएको छ । युवा धेरै सचेत छन् । आफ्नो जीवनको निर्णय आफँै गर्ने भएकाले आफ्नो जीवन साथी रोजी उनैसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।”
प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रूपमा विवाह गराएका थिए ।
आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रूपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रूपमा सहज रूपमा ग्रहण गरिँदैन ।
सातदोबाटोका ६० वर्षीय बलराम भण्डारी प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको बताउंछन् । अहिलेका युवाले प्रेमको नाममा धेरै विकृति भित्र्याएको बताउने भण्डारीले प्रेमलाई पनि अहिलेका युवाले खेलौना बनाएको विचार व्यक्त गरे । उनले भने—“हाम्रो समयमा अहिलेको जस्तो प्रेम गर्दै छाड्दै गर्ने चलन थिएन । यसरी खुला रूपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के हो ?” उहाँले त्यसैले अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्ने गरेको सुनाए ।
उनको जस्तै भनाइ छ माछापोखरीकी ५५ वर्षीया भगवती न्यौपानेको पनि । उनले अहिलेका युवाले प्रेमलाई नबुझेको बताइन् । उनले भनिन् “अहिलेका युवा राम्रो देख्नेबित्तिकै मन पराउने र माया गाँस्ने अनि अलिकति खटपट भए मिलाउनुको साटो तुरुन्तै छाडिदिने र अर्कापट्टि लाग्ने फेसन बनेको छ । त्यसैले अहिले सम्बन्धबिच्छेद गर्ने युवाको सङ्ख्या बढ्दो छ ।”
खासगरी युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रूपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रूपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?