
लन्डन । महिला निर्देशक सम्झना उप्रेती रौनियारले निर्देशन गरेको नेपाली फिल्म ‘मेघा’ १८ औं लन्डन एसियन फिल्म फेस्टिभलमा छनोट भएको छ । टङस् अन फायरले आगामी ४ देखि १३ मार्च, २०१६ सम्म आयोजना गर्न लागेको महोत्सवमा मेघा छानिएको हो । उक्त सिनेमा आगामी ६ मार्च अपरान्ह साढे चार बजे वाटरम्यान्स्मा प्रदर्शन गरिने कार्यकारी निर्माता विकास रौनियारले जनाएका छन् ।
निर्माता निर्देशक, कलाकार, शुभेच्छुक र दर्शकहरु उल्लेख्य सहभागी हुने उक्त वार्षिक चलचित्र महोत्सवमा दक्षिण एसियाली फिल्म प्रदर्शन, भिज्यूअल आर्ट एक्जिविसन, फिल्म सम्वन्धि विचार गोष्ठी, वर्कसप, कलाकार र निर्माता
निर्देशकहरुको अन्तर्वार्ता आदि प्रस्तुत गरिनेछ ।
दुई वर्ष अघि सार्वजनिक मेघामा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ, सिद्धार्थ कोइराला, भिन्तुना जोशी लगायत कलाकारको अभिनय छ ।
प्रेम कथामा केन्द्रित यस फिल्ममा इसान (रेमनदास श्रेष्ठ) संग विवाह भइसकेकी पेशेवर एक युवती मेघा (नम्रता श्रेष्ठ) गौरव (सिद्धार्थ कोइराला) संग प्रेममा डुबेको कहानी छ । फिल्मले शहरीया व्यस्त जीवनशैलीले वैवाहिक जीवनमा पार्ने प्रभाव समेत उजागर गरेको छ ।
गोपाल योन्जनको संगीत रहेका गीतहरु जीवनको हरेक मोडमा, मेरो जोवन
लैजाऊ, यति चोखो यति मिठो दिउंला तिम्लाई मायां, तिमी देऊ या नदेऊ, काली पनि देखें मैले… आदि समावेश भएको २ घण्टा ११ मिनेट लामो उक्त फिल्म सबस्ता इन्टरटेनमेन्ट प्रा. लि. ले निर्माण गरेको हो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय