
लन्डन । नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनमा बेलायतले दुःख व्यक्त गरेको छ ।
बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरले कोइरालाको निधनले आफू दुःखी भएको बताएका छन् । स्वायरले एक शोक वक्तव्यमा मृतात्माको चीर शान्तिको कामना गर्दै देशको संविधान जारी गर्न कोइरालाले अतुलनीय भूमिका निर्वाह गरेको स्मरण इतिहासले गरिरहने पनि उल्लेख गरेका छन् ।
मंगलबार दिवंगत भएका कोइरालाको बुधवार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
यसैबीच, लन्डनस्थित नेपाली दूतावासले कोइरालाप्रति समवेदना प्रकट गर्न इच्छुकलाई बिहीबार र शुक्रवार दुई दिन शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन