लन्डन । बेलायतवासी नेपालीले मगर फिल्मकी नायिका योरुना पुन (नेहा) को पोखरामा भएको हत्या खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै दोषीमाथि कडा कारवाही माग गरेका छन् ।
गैर आवासीय नेपाली संघ, बेलायतकी महिला उपाध्यक्ष शान्ति थापा कुंवरले एक विज्ञप्तिमार्फत पोखरा उपमहानगर पालिका १५ ऋषिमार्ग निवासी एउटा अवोध नारीमाथि भएको बलात्कार जस्तो जघन्य अपराधको जति निन्दा गरे पनि कम हुने उल्लेख गर्दै दोषीको तत्काल खोजी गरि कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार र स्थानीय प्रहरी प्रशासनसमक्ष आग्रह गरेकी छिन् ।
विज्ञप्तिमा त्यस्तो निकृष्ट अपराधमा संलग्न जो कोही पनि कानुनी दायराबाट उम्कन पाउनुहुन्न भन्ने जोडदार माग छ ।
साथै, नेहाका हत्याराको खोजी र कारवाहीका लागि स्थानीय संघसंस्थाहरुले चालेको कदमको स्वागत गर्दै कुंवरले त्यसमा ऐक्यवद्धता रहेको बताएकी छिन् । केही समय यता पोखरामा बलात्कारका घट्नामा वृद्धि भइरहेको सुनिन आएको जनाउंदै उनले महिलाहरुको सुरक्षातर्फ राज्यले तत्काल कदम चालोस् भन्ने माग समेत गरेकी छिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा