लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाकाे तेस्राे अधिवेसन मार्च ६ मा लण्डनमा हुनेभएकाे छ ।
शाखाकाे अाइतबार बसेकाे बैठकले मार्च ६ तारिख अाइतबारका दिन ब्लु अर्किड रेष्टुरेन्ट हल, लण्डनमा तेस्राे अधिवेसन गर्ने निर्णय गरेकाे हाे ।
अधिवेसन अायाेजनाका लागि चिरन शर्माकाे संयाेजकत्वमा अायाेजक समिति, धर्मराज अधिकारीकाे संयाेजकत्वमा रमा लामिछाने, छत्र वनेम, ध्रुव अर्याल,फडिन्द्र भट्टराई, मिलन शर्मा रहेकाे प्रचारप्रसार समिति, श्याम लुइँटेलकाे संयाेजकत्वमा लीलामान शेरपुन्जा र राजकुमार थापा रहेकाे विधान संशाेधन समिति तथा देवी गाैतमकाे संयाेजकत्वमा देवेन्द्र खेरेस र शिव भण्डारी रहेकाे अार्थिक समिति गठन गरिएकाे शाखाले जनाएकाे छ।
नयाँ समिति गठनका लागि भगिरथ याेगी, विजय थापा र नविन पाेखरेल रहेकाे निर्वाचन समिति गठन गरिएकाे छ भने साेलिसिटर राजु थापालाई निर्वाचन समितिकाे कानुनी सल्लाहकार नियुक्त गरिएकाे छ ।
बैठकले २२ जना पत्रकारलाई नयाँ सदस्यता दिएकाे छ ।
भुकम्प पीडित सहयाेग अभियानमा शाखालाई सहयाेग गर्ने दाताहरूलाई शाखाले धन्यवाद दिएकाे छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा