
लन्डन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यही २९ गते मङ्गलबार संयुक्त अधिराज्यको भ्रमण गर्नुहुने भएको छ ।
उपप्रधानमन्त्री थापाका स्वकीय सचिव राजाराम बर्तौलाका अनुसार नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पुस १ गते आयोजना हुने विशेष स्वागत समारोहमा पनि उहाँले भाग लिनुहुनेछ ।
बेलायतको लन्डनमा उहाँले समकक्षी फिलिप ह्यामोन्डलगायतका उच्च अधिकारीसँग भेट गर्नुहुने र भ्रमणका क्रममा बुधबार आयोजना गरिने भोजमा वरिष्ठ नेता एवम् मन्त्री तथा उच्च पदस्थ अधिकारीका साथै त्यहाँका संसद्का प्रतिनिधिसँग पनि भेट हुनेछ ।
बिहीबार नेपाल र बेलायतबीचको दोश्रो द्विपक्षीय परामर्श बैठकमा मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भाग लिनेछ ।
उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा बेलायतमा रहेका नेपालीसँग पनि भेट तथा छलफलको कार्यक्रम राखिएको छ ।
परराष्ट्रमन्त्री थापा आगामी पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ । उहाँका साथ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु पनि रहनुहुनेछ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा