
लन्डन । फोकस्टोन नेपलिज कम्युनिटीको वार्षिक अधिवेशनले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । आइतबार ६ डिसेम्बरका दिन ब्रुमफिल्ड हल, फोकस्टोनमा सम्पन्न अधिवेशनमार्फत यसअघि उपाध्यक्ष रहेका गुरुङले नयां नेतृत्व लिएका हुन् । सर्वसम्मत अध्यक्ष चुन्ने प्रयास असफल भएपछि निवर्तमान अध्यक्ष दीपक काउचा र गुरुङबीच मतदान भएको थियो । गुरुङ तमुधिं यूके,
सहारा यूके, कोल्मा बहाकोट समाज यूके र तमु प्रतिष्ठान नेपालका आजीवन सदस्य एवं सफल व्यवसायी हुन् ।
नयां कार्यसमितिको उपाध्यक्षमा आरएसएम डब्लु ओ वान युवाराम राई र रामलाल श्रेष्ठ, महासचिवमा महा राई, सचिव जित गुरुङ, कोषाध्यक्ष पवन राई र विक्रम राई, मिडियामा ज्ञाम गुरुङ र रोशन राई, खेलकुदमा झविन्द्र थापा र भास्कर राई, प्रोपर्टीमा रक्ष गुरुङ र काजीमान राई, कल्चर सेक्रेटरीमा ज्योति राई र हाङ्मा लिम्बु, लेडिज कोअर्डिनेटरमा सृजना लिम्बु, सिनियर सिटिजन कोअर्डिनेटर तीर्थ गुरुङ र युथ कोअर्डिनेटरमा रिवाज राई लगायत सुरज गुरुङ, किशन थापा र सागर पुन चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष काउन्सिलर ले. नवीन सिवाले खादा ओढाएर बधाई दिंदै पदको शपथ गराएका थिए । निवर्तमान अध्यक्ष दीपक काउचाले आफ्नो पराजय स्वीकार्दै नवनिर्वाचित अध्यक्ष चन्द्र गुरुङ र समस्त कार्यसमितिलाई वधाई दिएका थिए ।
नवनियुक्त अध्यक्ष गुरुङले समुदायका लागि सक्दो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले व्यक्तिगत स्वार्थ र गुटवन्दी त्यागेर समाजको हितका लागि काम गर्ने प्रण गर्दै युवा र वृद्धवृद्धाको चाहना बमोजिम कार्य गर्ने समेत बताएका छन् ।
निर्वाचन मण्डलमा काउन्सिलर ले. नवीन सिवा अध्यक्ष, राजन लिम्बु सचिव र सदस्यहरुमा पूर्व काउन्सिलर धन गुरुङ, संस्थापक अध्यक्ष गोपाल गिरी र शिवधन राई थिए । करिब २ सय सहभागी अधिवेशनको सञ्चालन टेक लोक्सम र टिका रानाले गरेका थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा