लन्डन । चितवन सहयोग समाज (क्याट) यूकेको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले कार्यसमिति सदस्य एवं सल्लाहकारहरुबीच अन्तरक्रिया गरि आगामी दुई वर्षका लागि संस्थाको कार्ययोजना तयार गरेको छ । संस्थाले विगतमा गरेका कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिंदै विशेष गरि गत बैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त चितवन जिल्लाका विकट क्षेत्रका स्वास्थ्य एवं शैक्षिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिई कार्य योजना तय गरिएको संस्थाका अध्यक्ष वसन्त श्रेष्ठले जानकारी दिए ।
सल्लाहकार कृष्ण तिवारीले संस्थाले चितवनको कविलास गाविसमा अवस्थित ढोडेनी राष्ट्रिय प्रा.विको भूकम्पबाट क्षतिग्रस्त भवन निर्माणका लागि विद्यालय सञ्चालक समिति एवं जिल्ला शिक्षा कार्यालय चितवनसंग समन्वय गरि १७ लाख रुपैयांको योजना सञ्चालन गरिएको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सचिव यादव श्रेष्ठद्वारा सहजीकरण गरिएको सो कार्यशाला गोष्ठीले भूकम्पबाट क्षति भएको पदमपुर, माडीको अर्को विद्यालय भवनलाई पनि सहयोग गर्ने परियोजना तयार गरेको छ । साथै जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवाका लागि एक थान एम्बुलेन्स प्रदान गरेकोमा यस वर्ष पनि थप एम्बुलेन्स दिने योजना अघि सारेको छ ।
कार्यशालाले संस्थागत विकासका लागि नीति नियम बनाउने, आजीवन संख्या वृद्धि गरि सदस्य सेवा विस्तार गर्ने, सदस्यहरुबीच आपसी सहयोग आदानप्रदान गर्ने आदि कार्यक्रम समेत तय गरेको छ । साथै संस्थाको विधान संशोधनका लागि सल्लाहकार टिका पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । सदस्य विस्तारको समन्वय जिम्मा उपाध्यक्ष भगवती रानाभाटले लिएकी छिन् ।
संस्थाले भूकम्प राहत कोष स्थापना गरि जिल्लामा योजनाहरु सञ्चालन गर्दै आउनुका साथै नेपाली दूतावास लन्डनले स्थापना गरेको राहत कोषमा संस्थाको तर्फबाट २ हजार पाउण्ड सहयोग गर्ने निर्णय समेत गरेको छ । सो गोष्ठीमा संस्थापक अध्यक्ष कपिल श्रेष्ठले संस्थाको छवी कायम राख्न कार्यसमिति सफल होस् भन्ने कामना गरेका थिए । साथै सचिव जीवन सेन र कोषाध्यक्ष समिर खनालले गोष्ठीबाट तय गरिएका कार्यक्रममा सबै जनाको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका थिए भने सदस्य मुना पौडेल, आनन्द धरेल, दीपेन्द्र अधिकारी, शालिक सापकोटा र विनय अधिकारीले कार्यशाला गोष्ठीमा आफ्ना सुझाव दिएका थिए ।
इलिङस्थित खुशी रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यशाला गोष्ठीले संस्थाको ‘भिजन तथा मिसन’ समेत तयार पारेको छ । कार्यशाला गोष्ठीले तयार पारेको ‘प्लान अफ एक्सन’ संस्थाको वेवसाइटमा राखिने सचिव यादव श्रेष्ठले जनाए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा