
लन्डन । केही वर्ष विवादमा रुमल्लिएको एनआरएनए यूकेमा नयां कार्यसमिति गठनसंगै आशाका किरण देखिएका छन् । यतिसम्म कि यस सामाजिक संस्थामा बेलायतमै हुर्के बढेका तन्नेरीको समेत आकर्षण बढेको छ ।
यसै सिलसिलामा शनिवार एनआरएनए यूके युवा संयोजक हरि आचार्यको अगुवाइमा युथहरुको एक भेला सम्पन्न भएको छ । भेलामा अक्सफोर्ड, क्यामब्रीज र बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत युवा युवती सहभागी थिए । भेला संयोजक थिइन् चांदनी ढकाल । युवा संयोजक आचार्यका अनुसार, युवाहरुले एनआरएनए यूके मार्फत विभिन्न गतिविधि र च्यारिटीमा संलग्न हुन चासो देखाएका छन् ।
‘यहीं हुर्के बढेका युवाहरुलाई सामेल गराउन सकियो भने संघले अझ आफ्नो उद्देश्य सार्थक तुल्याउन सक्छ भन्ने मेरो अपेक्षा छ’, आचार्यले भने । उनले अब युवाहरुलाई साथ लिएर केही रचनात्मक काम गर्ने सोच बनाइएको जनाए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा