
माया एजुकेशन फाउण्डेसनले शुक्रबार बौद्धमा आयोजना गरेको फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, १८ मङ्सिर । बेलायती फोटोग्राफर डेभिड रिचर्डसनले विभिन्न समयमा खिंचेका तस्बिरको आज प्रदर्शन गरिएको छ ।
माया एजुकेसन फाउन्डेसनको आयोजनामा आज राजधानीको बौद्धमा १५ वर्षदेखि खिंचेका तस्बिर प्रदर्शन गरिएको हो । प्रदर्शनीमा भूकम्पले नेपालमा पुरयाएको क्षति, नेपाली वृद्धवृद्वा, बच्चा, गरिब, डाँडाकाँडा र हिमालका तस्बिर राखिएका छन् ।
सो प्रदर्शनीको नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले उद्घाटन गर्दै तस्बिरले नेपाली जनजीवन, वेशभूषा र शैलीलाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउन ठूलो सहयोग पुग्ने बताए । फोटोग्राफर रिचर्डले नेपालपछि बेलायत, स्विजट्रल्यान्ड लगायतक देशमा तस्बिर प्रदर्शन गरिने जानकारी दिए ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने