काठमाडौँ, १६ मङ्सिर । एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजीविका र सामाजिक सद्भावका लागि देशव्यापी एक महिने विद्यार्थी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सङ्गठनले आज प्रेस विज्ञप्तिमार्फत् यही मङ्सिर १३ गते सम्पन्न भएको बैठकको निर्णय सार्वजनिक गर्दै अभियानकै एक अङ्गका रुपमा मधेस जागरण अभियान गर्ने जनाएको हो ।
यसैगरी क्रान्तिकारी विद्यार्थी सङ्गठनबीच एकता र ध्रुवीकरणको लागि वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइने, स्ववियु. निर्वाचन सम्पन्न गर्न त्रिविलगायत सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई दबाब सिर्जना गर्नेलगायतका निर्णय गरेको छ ।
सङ्गठनका अध्यक्ष रमेश मल्लले नयाँशक्तिको नाममा बिचलित र बहिगर्मित २६ सदस्यलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरिएको जानकारी दिए ।
यसैगरी सङ्गठनका राज्य समितिका संरचनालाई विघटन गरी प्रादेशिक समितिमा लैजाने, विश्वविद्यालयका संरचनालाई विभागीय संरचनामा पुर्नगठन गरिनेलगायतका निर्णय भएको जनाएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक