
लन्डन । भूकम्प पीडित नेपाली वालवालिकाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा बेलायती विशिष्ठ व्यक्तित्व सहभागी भएका छन् । लन्डनस्थित नेपाली दूतावासमा डा. कपिल रिजाल र डा. रजनी रिजालको संयोजनमा नेपाली दूतावासले सोमबार सांझ च्यारिटी डिनरमा बेलायती महारानीका निकटतम नातेदार प्रिन्स माइकल अफ केन्ट जिसिभिओ सहित बेलायती न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस, मिसेल डोनेलन लगायत वरिष्ठ राजनीतिज्ञ सहभागी भएका हुन् ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य 
गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल लगायत अरु पनि सहभागी थिए ।
गोरखास्थित रान्चोकका भूकम्प पीडित नेपाली वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि खर्च जुटाउन गरिएको च्यारिटीमा प्रमुख अतिथी प्रिन्स माइकल अफ केन्टले बेलायत नेपाल सम्वन्धको चर्चा गर्दै आयोजकको तारिफ गरे । मानवीय सहायताका लागि गरिएको कार्यक्रममा उपस्थित हुन पाउंदा खुशी लागेको समेत उनले बताए । मन्तव्यका क्रममा विशेष अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको पछिल्लो राजनीतिक विकासक्रम र मानवीय संकट आदिबारे प्रकाश पारे । क्षेत्रीले प्रिन्स माइकल अफ केन्टसंगको बेग्लै भेटमा समेत भारतीय नाकाबन्दीले उत्पन्न मानवीय संकटबारे अवगत गराएका थिए ।
उक्त अवसरमा डा. रिजालले भूकम्प लगत्तै नेपालमा गरिएको राहत तथा मानवीय सहयोगको फेहरिस्त प्रस्तुत गरे । कार्यक्रममा न्यायमन्त्री माइकल गोभले पीडितको सहयोगार्थ लिलाम बढाबढ गराएका थिए । पृष्ठभूमिमा यू रेज मि अप… गीत बजिरहंदा देखाइएको भूकम्प पीडितको रोदन अनि सहयोग कार्यक्रमको भिडियोले सहभागी भावविव्हल देखिन्थे तर विनोद चिपालु र विमला महर्जनले लाखे र मन्जुश्रीको मिश्रण गरिएको नृत्य प्रस्तुत गर्दा विदेशी रोमाञ्चक बने । एभरेष्ट इनको लाइभ किचनबाट बनेको खाना तारिफ नगर्ने कोही रहेनन् ।
च्यारिटीमार्फत संकलित रकममा सरकारले दिने २० प्रतिशत गिफ्ट एड थपेर बेलायतस्थित लिसा मे फाउण्डेशनमार्फत नेपाल पठाइने रिजालले जनाए । फाउण्डेशनले डा. रिजालको समन्वयमा ९ ग्रामीण गाउंका विद्यालयमा खानेपानी र शौचालय सुविधासहित प्रेक्षालय निर्माण गर्ने योजना अघि सारेको छ । फाउण्डेशनले गत अप्रिलको विनाशकारी भूकम्प लगत्तै करिब एक लाख १० हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको थियो भने डा. रिजालकै नेतृत्वमा बेलायतबाट २१ जना चिकित्सक तथा नर्स भूकम्प प्रभावित क्षेत्रमा खटिएका थिए ।
फाउण्डेशनले दोश्रो चरणमा गोर्खा जिल्लाको रान्चोकमा एकसय ३८ र सांखुमा दशवटा अस्थायी आवास गृह निर्माण गरिदिएको थियो ।
त्यसैगरि, तेश्रो चरणमा फाउण्डेशनले गोरखा र सिन्धुपाल्चोक जिल्लाका दश वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्रीसहितको एजुकेशन बक्स प्रदान गरिसकेको छ ।
सरे हिथ काउन्सिलका पूर्व मेयर काउन्सिलर जोन मेले आफ्नी दिवंगत छोरीको सम्झनामा खोलेका हुन् लिसा मे फाउण्डेशन ।
च्यारिटीमा सपन इन्टरटेनमेन्टले लाइट तथा साउण्ड उपलव्ध गराएको थियो ।
पहिलो बाहेक तस्विरहरु सौजन्यः कुशल श्रेष्ठ
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल