रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँड निर्वाचनमा पराजित भएका छन् ।
रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार रहेका खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता दीपक बोहराले हराएका छन् ।
चुनावी अभियानका क्रममा ‘पोस्ट कोभिड’ का कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहराले जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना अजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गरेका छन् ।
उनले गृहमन्त्री तथा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २ हजार ६८१ मत अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।
राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गरेनन् । चिकित्सकको सल्लाहअनुसार नै उनले ‘स्पीच थेरापी’ गरिरहेका छन् । थापाका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गरेका थिए ।
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]