रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँड निर्वाचनमा पराजित भएका छन् ।
रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार रहेका खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता दीपक बोहराले हराएका छन् ।
चुनावी अभियानका क्रममा ‘पोस्ट कोभिड’ का कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहराले जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना अजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गरेका छन् ।
उनले गृहमन्त्री तथा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २ हजार ६८१ मत अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।
राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गरेनन् । चिकित्सकको सल्लाहअनुसार नै उनले ‘स्पीच थेरापी’ गरिरहेका छन् । थापाका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गरेका थिए ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन