डुम्रे । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।
वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने