
काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर–३ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको आदेश गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा कार्कीको पदलाई लाभको पद भन्न नमिल्ने व्याख्या गरेको हो ।
“निवेदिका नियमितरूपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभई मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ताजस्ता अस्थायी वा भैपरी प्रकृतिका सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो”, अदालतको आदेशमा भनिएको छ, “यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७ (१) ङ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ ङ को प्रयोजनका लागि ‘लाभको पदमा बहाल रहेको’ भनी मान्न मिल्ने देखिएन ।”
सर्वोच्च अदालतको अन्तरिम आदेश बदर गर्न माग गर्दै निर्वाचन आयोगले दर्ता गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश गरेको हो । निर्वाचन आयोगले डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको उल्लेख गर्दै यही १२ कात्तिकमा उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध डा कार्की सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न यही कात्तिक १५ गते अन्तरिम आदेश दिएको थियो । अदालतको उक्त आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोगले यही कात्तिक १८ गते भ्याकेट निवेदन दर्ता गरेको थियो । अदालतको आदेशसँगै डा कार्कीको उम्मेदवारी कायम रहनेछ ।
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]