
एमाले र जसपाबीच ५२ सिटमा चुनावी तालमेल
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ सिटमा एमालेले सघाउने सहमति भएको छ ।
त्यस्तै प्रदेशसभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको एमालेले जनाएको छ । जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा एमालेले समर्थन गर्ने भएको छ ।
यस्तै एमालेलाई जसपाले प्रतिनिधिसभा क्षेत्रतर्फ सप्तरी–३, सिरहा क्षेत्र नं १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३, रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको १, २, ३, ४ र ५ निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा समर्थन र सहयोग गर्ने सहमति भएको छ । अध्यक्षद्वय ओली र यादवबीच तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति पत्रमा उल्लेख छ ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत