
एमाले र जसपाबीच ५२ सिटमा चुनावी तालमेल
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ सिटमा एमालेले सघाउने सहमति भएको छ ।
त्यस्तै प्रदेशसभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको एमालेले जनाएको छ । जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा एमालेले समर्थन गर्ने भएको छ ।
यस्तै एमालेलाई जसपाले प्रतिनिधिसभा क्षेत्रतर्फ सप्तरी–३, सिरहा क्षेत्र नं १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३, रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको १, २, ३, ४ र ५ निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा समर्थन र सहयोग गर्ने सहमति भएको छ । अध्यक्षद्वय ओली र यादवबीच तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति पत्रमा उल्लेख छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]