काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निष्कासित डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो ।
आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिनुभयो । ”यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उहाँले भन्नुभयो ।
सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ ।
पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उहाँले बताउनुभयो । ”एक/दुई दिनमै पार्टीको बैठक बस्छ । त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भन्नुभयो ।
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
नेपाललाई विश्वकप छनोटको उपाधि
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय