लण्डन । तनहुँ समाज युकेले पोलियो रोगका कारण कम्मरमुनीको शरीर नचल्ने समस्याबाट पीडित तनहुँ रिसिङ गाउँपालिका १ झापुटारकी कमला थापाको उपचारमा सहयोग गरेको छ ।
समाजका अध्यक्ष लेख गुरुङका अनुसार उनको बारेमा स्थानीय गाउँपालिकाले सहयोगका लागि तनहुँ समाज युकेलाई अनुरोध गरेकोमा युकेमा रहेका सदस्यहरुबाट सहयोग संकलन गरी ५ लाख ५५ हजार ८३० रुपियाँ सहयोग गरिएको छ ।
सो रकम समाजकी पूर्व उपाध्यक्ष अनिता रानाले थापाकै निवासमा गई हस्तान्तरण गरेकी थिइन् ।
२४ वर्षीया थापा विगत एक वर्षदेखि उपचारका लागि काठमाडौँमा बस्दै आएकी छिन् । उनलाई उनकी बहिनीले हेरचाह गरिरहेकी छिन् । सुरिलो श्वर भएकी कमला कम्प्युटर र संगीत सिक्न चाहन्छिन् । तर शारीरिक अपाङ्गताका कारण दिसापिसाव गर्न जान, हिँडडूल गर्न उनलाई समस्या छ ।
उनलाई बेलायतमा बसोबासरत निङ्वा पन्धाक लिम्बुले गत वर्ष ह्वील चेयर, पिसाब संकलन हुने झोला र ६० हजार नगद गरेका थिए ।
समाजले कमलालाई सहयोग संकलनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने