इङल्याण्ड लकडाउन: के के खोल्न पाइने, के खोल्न नपाइने ?

लण्डन । इङल्याण्डमा सोमबारदेखि तेस्रोचरणको लकडाउन शुरु भएपछि सामाजिक सम्पर्क घटाउन अत्यावश्यकबाहेक अन्य व्यापार व्यवसायलाई बन्द हुने भएको छ ।

कस्ता खालका व्यापार व्यवसाय खुल्न पाउँछन् र कस्ता व्यापार व्यवसाय बन्द रहनेछन् भन्ने बारेमा बेलायत सरकारले एक सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

बन्द रहने व्यवसाय वा सेवाहरु

१. अत्यावश्यक सामग्री बिक्री नगर्ने पसलहरु : लुगाकपडा तथा घरायसी सामान बिक्री गर्ने पसलहरु, मोटर सोरुमहरु, बाजी लगाउने पसलहरु, कपडा सिलाउने पसलहरु, सुर्ती-चुरोट बिक्री गर्ने पसलहरु, विद्युतीय सामग्री, माेवाइल बिक्री गर्ने पसलहरु, लिलाम घरहरु, अत्यावश्यकीय सामान नबेच्ने बजारहरु । तर अर्डर गरिएका वस्तुहरु संकलन गर्न र अर्डर गरी घरमै झिकाउने भने यी पसलहरुबाट पाइने छ ।

२. आतिथ्य सत्कारका स्थलहरु: क्याफे, रेष्टुरेन्ट, पब, बार, सोसल क्लवहरु बन्द रहनेछन् । तर टेकवे का लागि भने यी स्थलहरु ११ बजे रातिसम्म खुल्न पाउने छन् । यस्तै अर्डर गरेर संकलन मात्र गर्ने वा सवारीसाधन चलाउँदै खानेकुरा संकलन गर्न पाइने छ ।

३. बसोबासका स्थलहरु: होस्टल, होटल, गेष्टहाउस, क्याम्पसाइट बन्द रहनेछन् । तर ती स्थलहरु कसैको मूल बासस्थान वा त्यहाँ बसिरहेका व्यक्ति आफ्नो घर फर्कन नसक्ने अवस्था भएमा, घरबारविहीनहरु बसिरहेका भए वा अत्यावश्यक सेवामा रहेकाहरु बसिरहेको भए खोल्न पाइनेछ।

४. लिजर सेन्टर र खेल स्थलहरु : लिजर सेन्टर र खेल स्थलहरु बन्द रहने छन् । जीम, पौडी पोखरी, नाच्न अभ्यास गर्ने ठाउँ, गल्फ कोर्स, घोडचढी गर्ने ठाउँहरु बन्द हुनेछन् ।

५. मनोरन्जनका स्थलहरु: थियटर, कन्सर्ट हल, सिनेमा, संग्रहालय, ग्यालरी, क्यासिनो, बिँगो हल, बलिङ गर्ने ठाउँ, स्केटिङ, गो कार्टिङ, सर्कस, थिम पार्क, वाटरपार्क सबै बन्द रहनेछन् ।

६. जनावर रहने मनोरन्जन स्थलहरु: चिडियाखाना, आक्वारियम, सफारी पार्क, वन्यजन्तु आरक्षहरु बन्द हुनेछन् ।

७. घरभित्रका मनोरन्जन स्थलहरु: बोटानिकल गार्डेन, हेरिटेज होमहरु बन्द रहनेछन् ।

८. हेयर एण्ड ब्यूटी: व्यक्तिगत हेरचाहका स्थलहरु, कपाल वा सौन्दर्यसित सम्बन्धित स्थलहरु हेयर सैलुन, व्यूटी पार्लरहरु, स्पा, ट्यानिङ सैलुन, नेल सैलुन, मसाज पार्लर, ट्याटू र पियर्सिङ पार्लरहरु बन्द रहनेछन् ।

९. सामुदायक केन्द्रहरु: सामुदायिक केन्द्रहरु र पुस्तकालयहरु बन्द रहनेछन् । तर घरमा कम्प्युटरको सुविधा नभएकाहरुका लागि भने पुस्तकालय खुला रहनेछ ।

सीमित रुपमा खुला रहने क्षेत्रहरु 

१. शैक्षिक केन्द्रहरु

२. बालबच्चा हेरचाह केन्द्रहरु

३. फुड बैँकहरु

४. उच्च खेलका लागि अभ्यासहरु

५.  दर्शकबिनाको रिहर्सल गर्न थियटरहरु

६. फिल्म वा टिभी कार्यक्रमको छायाँकन

७. रक्तदान र स्वास्थ्य सेवा केन्द्रहरु

पूर्णरुपमा खुला रहने व्यापार र स्थलहरु 

१. अत्यावश्यकीय सेवाहरु: खाद्यान्न पसलहरु, सुपरस्टोरहरु, ओैषधि पसलहरु, गार्डेन सेन्टरहरु, निर्माण सामग्री बिक्री केन्द्रहरु र किराना पसलहरु ।

२. अत्यावश्यक सामग्री बेच्ने बजारहरु

३. मर्मत केन्द्रहरु

४. यातायातसित सम्बन्धित सेवाहरु:  पेट्रोल स्टेशन, अटोमेटिक कार वास, सवारीसाधन मर्मत केन्द्र र एमओटी सेवा स्थलहरु, साइकल पसलहरु, ट्याक्सी तथा सवारीसाधन भाडामा दिने पसलहरु

५. बैँकहरु

६. फ्यूनेरल डाइरेक्टरहरु

७. लाउण्ड्री र ड्राइ क्लिनिङ सेवा स्थलहरु

८. मेडिकल र डेण्टल सेवा केन्द्रहरु

९. घरपालुवा जनावरलाई खाद्यान्न तथा हेरचाह गर्ने स्थलहरु

१०. कृषिसित सम्बन्धित सामग्री उपलब्ध गराउने पसलहरु

११. अपाङ्गता भएकालाई सवारीसाधन उपलब्ध गराउने पसलहरु

१२. भण्डारण तथा वितरण केन्द्रहरु

१३. कार पार्क, सार्वजनिक सौचालय र राजमार्गमा रहेका सेवा केन्द्रहरु

१४. बाह्य खेलमैदानहरु

१५. मठ, मन्दिर, चर्च लगायत प्रार्थना गर्ने स्थलहरु

१६. शव जलाउने तथा गाडने स्थलहरु

यसबाहेक सार्वजनिक सेवाका निम्न सेवाहरु खुला रहनेछन् 

१. जीपी, डेण्टलहरु

२.  जब सेन्टरहरु

३. अदालतहरु

४. रजिष्ट्रेसन कार्यालयहरु

५. पासपोर्ट तथा भिसा केन्द्रहरु

६. पीडितलाई सेवा दिने केन्द्रहरु

७. फोहोरमैला प्रशोधन केन्द्रहरु

ड.  एमओटी सेन्टरहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री