लण्डन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लण्डनका सबै प्राथमिक विद्यालयहरु यो सत्रका लागि बन्द हुने भएका छन् ।
लण्डनका मेयर सादिक खानले शुक्रबार बेलुकी सरकारसँगको छलफल पछि सो निर्णय गरिएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण फैलिएका ५० विद्यालयहरुबाहेक अन्यमा पूर्वघोषित मितिमै प्राथमिक विद्यालयहरु खोल्ने सरकारको निर्णयलाई लण्डनका स्थानीय निकायहरुले विरोध गरेका थिए र सोका विरुद्ध कानुनी लडाइँ लड्ने चेतावनीसमेत दिएका थिए ।
लण्डनका नौ वटा काउन्सिलहरुले सरकारको सो निर्णयको विरोध गरेको द गार्डियनले जनाएको छ । उनीहरुले निर्णय सच्याउन सरकारलाई पत्राचार गरेका थिए ।
स्थानीय निकायहरुको असहमतिपछि नयाँ वर्षकै दिन आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती निर्णय परिवर्तन गरेको हो ।
सरकारको नयाँ निर्णयको स्थानीय काउन्सिलहरुले स्वागत गरेका छन् ।
यस घटनाले सरकारको निर्णय क्षमताप्रति नै प्रश्न उठाएको छ ।
सरकारको नयाँ निर्णयअनुसार अब सोमबारदेखि सबै प्राथमिक विद्यालयहरुले अनलाइन कक्षा चलाउनु पर्नेछ तर अत्यावश्यक सेवामा कार्यरत मानिसहरुको छोराछोरीका लागि भने प्राथमिक विद्यालय खुला रहनेछन् ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो