लण्डन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लण्डनका सबै प्राथमिक विद्यालयहरु यो सत्रका लागि बन्द हुने भएका छन् ।
लण्डनका मेयर सादिक खानले शुक्रबार बेलुकी सरकारसँगको छलफल पछि सो निर्णय गरिएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण फैलिएका ५० विद्यालयहरुबाहेक अन्यमा पूर्वघोषित मितिमै प्राथमिक विद्यालयहरु खोल्ने सरकारको निर्णयलाई लण्डनका स्थानीय निकायहरुले विरोध गरेका थिए र सोका विरुद्ध कानुनी लडाइँ लड्ने चेतावनीसमेत दिएका थिए ।
लण्डनका नौ वटा काउन्सिलहरुले सरकारको सो निर्णयको विरोध गरेको द गार्डियनले जनाएको छ । उनीहरुले निर्णय सच्याउन सरकारलाई पत्राचार गरेका थिए ।
स्थानीय निकायहरुको असहमतिपछि नयाँ वर्षकै दिन आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती निर्णय परिवर्तन गरेको हो ।
सरकारको नयाँ निर्णयको स्थानीय काउन्सिलहरुले स्वागत गरेका छन् ।
यस घटनाले सरकारको निर्णय क्षमताप्रति नै प्रश्न उठाएको छ ।
सरकारको नयाँ निर्णयअनुसार अब सोमबारदेखि सबै प्राथमिक विद्यालयहरुले अनलाइन कक्षा चलाउनु पर्नेछ तर अत्यावश्यक सेवामा कार्यरत मानिसहरुको छोराछोरीका लागि भने प्राथमिक विद्यालय खुला रहनेछन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार