लण्डन । बेलायतमा अर्को नयाँ खालको कोरोना भाइरस फेला परेको छ ।
यो भाइरस यसअघि बेलायतमा फेला परेको भन्दा फरक खालको भएको बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बुधबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
उनले सो किसिमको भाइरस दक्षिण अफ्रिकाबाट बेलायत आएका मानिसहरुमा फेला परेको जानकारी दिए । यसबारेमा दक्षिण अफ्रिकालाई जानकारी दिइसकिएकाे पनि उनले बताए । सो भाइरस बेलायतमा फेला परेको भाइरसभन्दा झनै छिटो फैलन सक्ने किसिमको भएको पनि उनले प्रष्ट पारे ।
बेलायतले दक्षिण अफ्रिकाबाट युके आउन रोक लगाएकाे उनले बताए । उनले दक्षिण अफ्रिकाबाट गत दुई सातामा बेलायत आएका र यसरी आएका मानिसहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टीमा बस्न पनि अनुरोध गरेका छन् ।
टियर ४ मा अरु क्षेत्र थपिए
सरकारले सर्रे, ह्याम्पसायर (न्यू फोरेस्टबाहेक), ससेक्स, अक्सफोर्डसायर, नर्फोक, सफोक, क्याम्ब्रिजसायर र एसेक्सका यसअघि टियर ४ मा नराखिएका क्षेत्रहरु बक्सिङ डेकै रातिदेखि टियर ४ मा राखेको छ ।
यसअघि लण्डन, दक्षिण पूर्वी र पूर्वी इङल्याण्डका क्षेत्रहरुलाई टियर ४ मा राखिएको थियो ।
यस्तै बक्सिङ डेकै दिनदेखि ब्रिस्टोल, ग्लुस्टरसायर, सोमरसेट, स्वीण्डन, आयल अफ वाइट, द न्यू फोरेष्ट, नर्थह्याम्पटनसायर, चेसायर र वारिङटनलाई टियर ३ मा राखिएको छ भने कोर्नवाल र हेरेफोर्डसायरलाई टियर २ मा राखिएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा