लण्डन । बेलायतमा अर्को नयाँ खालको कोरोना भाइरस फेला परेको छ ।
यो भाइरस यसअघि बेलायतमा फेला परेको भन्दा फरक खालको भएको बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बुधबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
उनले सो किसिमको भाइरस दक्षिण अफ्रिकाबाट बेलायत आएका मानिसहरुमा फेला परेको जानकारी दिए । यसबारेमा दक्षिण अफ्रिकालाई जानकारी दिइसकिएकाे पनि उनले बताए । सो भाइरस बेलायतमा फेला परेको भाइरसभन्दा झनै छिटो फैलन सक्ने किसिमको भएको पनि उनले प्रष्ट पारे ।
बेलायतले दक्षिण अफ्रिकाबाट युके आउन रोक लगाएकाे उनले बताए । उनले दक्षिण अफ्रिकाबाट गत दुई सातामा बेलायत आएका र यसरी आएका मानिसहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टीमा बस्न पनि अनुरोध गरेका छन् ।
टियर ४ मा अरु क्षेत्र थपिए
सरकारले सर्रे, ह्याम्पसायर (न्यू फोरेस्टबाहेक), ससेक्स, अक्सफोर्डसायर, नर्फोक, सफोक, क्याम्ब्रिजसायर र एसेक्सका यसअघि टियर ४ मा नराखिएका क्षेत्रहरु बक्सिङ डेकै रातिदेखि टियर ४ मा राखेको छ ।
यसअघि लण्डन, दक्षिण पूर्वी र पूर्वी इङल्याण्डका क्षेत्रहरुलाई टियर ४ मा राखिएको थियो ।
यस्तै बक्सिङ डेकै दिनदेखि ब्रिस्टोल, ग्लुस्टरसायर, सोमरसेट, स्वीण्डन, आयल अफ वाइट, द न्यू फोरेष्ट, नर्थह्याम्पटनसायर, चेसायर र वारिङटनलाई टियर ३ मा राखिएको छ भने कोर्नवाल र हेरेफोर्डसायरलाई टियर २ मा राखिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने