लण्डन । बेलायतमा नयाँ प्रकारको भाइरस भेटिएपछि विश्वका ४० भन्दा बढी मुलुकहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन्।
क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा लगाइएको यस्तो प्रतिबन्धका कारण बेलायतबाट आफ्नो घर जान चाहने र अन्यत्रबाट बेलायत आउन चाहने दुवै थरी यात्रुलाई मर्का परेको छ ।
नयाँ खालको भाइरस अति चाँडो सर्ने किसिमको भएको भन्ने प्रारम्भिक जानकारीका आधारमा विश्वका सबै महादेशका विभिन्न देशहरुले सो प्रतिबन्ध लगाएका हुन् । यसका साथै बेलायतबाट युरोप छिर्ने नाका डोभरमा फ्रान्सले आइतबार रातिदेखि प्रतिबन्ध लगाएपछि बेलायतमा अत्यावश्यकीय वस्तुहरुको अभाव पो हुने हो कि भन्ने भय उत्पन्न भएको छ । त्यसलाई चिर्न प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार डोभर नाकाबाट युरोप हुँदै आउने सामानहरुमध्ये २० प्रतिशत मात्र आउने र बाँकी ८० प्रतिशत अन्य मार्गबाट आउने भएकाले चिन्ता नलिन जनतालाई आश्वस्त पारेका छन् ।
तर फ्रान्ससित नाका खुलाउने बारे वार्ता चलिरहे पनि अझै सहमतिमा पुगिनसकेको गृह मन्त्री प्रीति पटेलले मंगलबार बिहान बताएकी छिन् ।
कुन कुन देशले लगाए यात्रा प्रतिबन्ध ?
फ्रान्स
बेल्जियम
जर्मनी : डिसेम्बर ३१ सम्म
आयरल्याण्ड
नेदरल्याण्डस : नयाँ वर्षसम्म
स्पेन : अनिश्चितकालसम्म
स्वीटजरल्याण्ड
इटली : ६ जनवरीसम्म
रसिया : एकसाता सम्म
अष्ट्रिया : नयाँ वर्षसम्म
डेनमार्क : बुधबारसम्म
स्वीडेन : अर्को सूचना जारी नभएसम्म
नर्वे
क्रोएसिया
बुल्गेरिया : ३१ जनवरीसम्म
माल्टा
फिनल्याण्ड : दुई साताका लागि
पोल्याण्ड
पोर्चुगल
हंगेरी
चेक रिपब्लिक
स्लोभाकिया
नर्थ मेसेडोनिया
इजरायल : १० दिनका लागि
ओमान : एक साताका लागि
साउदी अरेबिया : १ साताका लागि
इरान : दुई साताका लागि
टर्की
जोर्डन : ३ जनवरीसम्म
सुडान : ५ जनवरीसम्म
ट्यूनिसिया
क्यानाडा
पेरु : दुई साताका लागि
इल साल्भाडोर
चिली : दुई साताका लागि
अर्जेन्टिना
जमैका : ४ जनवरीसम्म
ग्रेनाडा
हङकङ
पाकिस्तान : २९ डिसेम्बरसम्म
भारत : ३१ डिसेम्बरसम्म
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?