काठमाडौँ । काठमाडौँमा रहेको द ब्रिटिस कलेजको पार्टनर विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड युकेमा रहेका विश्वविद्यालयमध्ये शीर्ष २० मा पर्न सफल भएको छ ।
युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् ।
पछिल्लो सर्भेका अनुसार युडब्लुई रोजगारी पाउने विश्वविद्यालयको शीर्ष २० औँ स्थानमा रहेको छ । यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सीले सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ । सर्भेका अनुसार यो विश्वविद्यालयबाट उत्तीर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् । यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुईमा अध्ययनरत विद्यार्थीहरुले ग्राजयुटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालय शीर्ष स्थानमा रहेको छ । युकेमा यो विश्वविद्यालय १८ औँ स्थानमा रहेको छ ।
द ब्रिटिस कलेजबाट बीबीए र एमआइबिएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुईका भाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, “ग्राजयुटका लागि रोजगारी प्राप्तिका लागि र सकारात्मक भिजनका लागि युनिभर्सिटी एलायन्स शीर्ष स्थानमा रहेको छ ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका लागि ठूलो प्रतिस्पर्धा रहेको छ । यसैलाई मध्यनजर गर्दै द ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई आवश्यक पर्ने गुणस्तीय शिक्षा, लगायत अन्य महत्वपूर्ण कुराहरु कलेजले प्रदान गर्दै आइरहेको छ ।
युडब्लुईसँग द ब्रिटिश कलेजले आठ वर्षदेखि पार्टनरसीय गर्दै आएको छ ।
द ब्रिटिस कलेजका अन्तरिम प्रिन्सिपल मेरी विसोपले भनेकी छन्, “युकेमा युडब्लुईको यो सफलताको खबरले हामीलाई खुसी बनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेकोमा स्वर्ण पदकद्वारा सम्मान पाइसकेको यो विश्वविद्यालयले अर्को उत्कृष्ट सफलता पाउन सफल भएको छ । युडब्लुईले विद्यार्थीको अनुभव र रोजगारीका लागि उत्कृष्ट काम गरेको यसले पुष्टि गर्छ । विश्वविद्यालयले प्राप्त गरेको यो सफलताप्रति मेरो शुभकामना ।”
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश