काठमाडौँ । काठमाडौँमा रहेको द ब्रिटिस कलेजको पार्टनर विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड युकेमा रहेका विश्वविद्यालयमध्ये शीर्ष २० मा पर्न सफल भएको छ ।
युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् ।
पछिल्लो सर्भेका अनुसार युडब्लुई रोजगारी पाउने विश्वविद्यालयको शीर्ष २० औँ स्थानमा रहेको छ । यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सीले सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ । सर्भेका अनुसार यो विश्वविद्यालयबाट उत्तीर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् । यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुईमा अध्ययनरत विद्यार्थीहरुले ग्राजयुटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालय शीर्ष स्थानमा रहेको छ । युकेमा यो विश्वविद्यालय १८ औँ स्थानमा रहेको छ ।
द ब्रिटिस कलेजबाट बीबीए र एमआइबिएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुईका भाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, “ग्राजयुटका लागि रोजगारी प्राप्तिका लागि र सकारात्मक भिजनका लागि युनिभर्सिटी एलायन्स शीर्ष स्थानमा रहेको छ ।”
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका लागि ठूलो प्रतिस्पर्धा रहेको छ । यसैलाई मध्यनजर गर्दै द ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई आवश्यक पर्ने गुणस्तीय शिक्षा, लगायत अन्य महत्वपूर्ण कुराहरु कलेजले प्रदान गर्दै आइरहेको छ ।
युडब्लुईसँग द ब्रिटिश कलेजले आठ वर्षदेखि पार्टनरसीय गर्दै आएको छ ।
द ब्रिटिस कलेजका अन्तरिम प्रिन्सिपल मेरी विसोपले भनेकी छन्, “युकेमा युडब्लुईको यो सफलताको खबरले हामीलाई खुसी बनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेकोमा स्वर्ण पदकद्वारा सम्मान पाइसकेको यो विश्वविद्यालयले अर्को उत्कृष्ट सफलता पाउन सफल भएको छ । युडब्लुईले विद्यार्थीको अनुभव र रोजगारीका लागि उत्कृष्ट काम गरेको यसले पुष्टि गर्छ । विश्वविद्यालयले प्राप्त गरेको यो सफलताप्रति मेरो शुभकामना ।”
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त