लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले आगामी ९ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । कम्युनिटीको त्रैमासिक बैठकले उक्त डे भव्यताका साथ मनाउने निर्णय गरेको हो । उक्त समारोहमा रसमोर र सेरोफेरोमा रहेका नेपाली संघसंस्थाहरुलाई सहभागिताका लागि आव्हान गर्ने निर्णय भएको छ ।
संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित बैठक रसमोर बोरो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो । बैठकमा भर्खरै सम्पन्न नेपाली नयां वर्ष कार्यक्रम र भेट्रान फण्डबारे संयोजक एवं वरिष्ठ उपाध्यक्ष राम धन राईले र नेपाली कक्षा सञ्चालन विषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए ।
त्यसैगरी इन्फरमेसन डे, लागू औषध एवं मादक पदार्थ दुरव्यसनबारे उपाध्यक्ष नेम थापा, रशमोर बरो काउन्सिल र ग्रेटर रसमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रसमोर फुड फेस्टिवल, भिक्टोरिया डे सेलिब्रेसन, रसमोर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रन अनि ग्रेटर रसमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर दौड र फन रन विषयमा अध्यक्ष जीव बेलबासेले प्रष्ट्याएका थिए । कोषाध्यक्ष टोप पल्लीले नयां वर्षको छुट्टै र समस्त आय व्यय विवरण बैठकसमक्ष प्रस्तुत गरे ।
बैठकले भिक्टोरिया डे सेलिब्रेसन र इन्फरमेसन डे उपाध्यक्ष नेम थापा, नेपाली कक्षा उपाध्यक्ष रन्जिता मल्ल, रशमोर फुड फेस्टिवल सदस्य दिल नेपाली र वार्षिक साधारण सभा गर्न महासचिव मान गुरुङलाई संयोजक तोकेको छ भने सल्लाहकार क्याप्टेन हरि थापालाई रसमोर फुड फेस्टिवलको सह-संयोजक साथै भिक्टोरिया डे सेलिब्रेसन सह-संयोजकमा सदस्य चन्द्र राइलाई तोकेको छ ।
बैठकमा अध्यक्ष बेलबासेले ८७ वर्षीय जेष्ठ नागरिक पूर्ण गुरुङ र क्याप्टेन हरि थापालाई संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए भने महिला विभागकी नयां सदस्य याम कुमारी भण्डारीलाई खादा ओढाई स्वागत गरे ।
छलफलको क्रममा सल्लाहकार क्याप्टेन हरि थापा, क्याप्टेन बीर थापा, क्याप्टेन विष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, माया केसी, महिला संयोजक लिला मावो, सदस्य दिल नेपाली, चन्द्र राई लगायतले विभिन्न विषयमा आ आफ्नो जिज्ञासा र सुझाव राखेका थिए भने महासचिव मान गुरुङले प्राप्त सुझाव पूर्णतया कार्यान्वयन गरिने वचनवद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]