लन्डन । बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी लिए । उनीहरुले करिब डेढ घण्टा लामो भ्रमणमा तल्लो सदन हाउस अफ कमन्स र उपल्लो सदन हाउस अफ लर्डसको भ्रमण गरि ति निकाय कसरी सञ्चालन हुन्छन् भन्नेबारे जानकारी लिएका थिए ।
सञ्चारकर्मीलाई बेलायतको संसदीय व्यवस्था, तत्कालिन समयमा सदन र राजसंस्थाबीचको द्वन्द्व, भवनका विशेषता आदिबारे जानकारी दिइयो ।
संवैधानिक प्रजातन्त्रको जननी पनि भनिने ब्रिटिश संसद झण्डै ९०० वर्ष पुरानो भएको ठानिन्छ । तत्कालिन राजा जोनलाई स्वेच्छाचारी हुन नदिने र राजा र उनको सरकार कानुन भन्दा माथि नरहेको भन्ने सम्झौता म्याग्नाकार्टामा हस्ताक्षर गरेको पनि ८०० वर्ष पुरा भइसकेको छ । राष्ट्राध्यक्षलाई कुनै कार्यकारी अधिकार नरहेकाले ब्रिटेनको राजसंस्थाले कुनै गल्ती गर्दैन भन्ने भनाइ पनि प्रसिद्ध छ ।
ब्रिटेनमा लिखित संविधान छैन् तर राज्यका विभिन्न अंगबीच शक्ति पृथकीकरण, कानुनी शासनको सर्वोच्चता तथा स्वतन्त्र न्यायालयजस्ता प्रावधानका कारण ब्रिटेनको संवैधानिक प्रणाली संसारमै अनुकरणीय मानिन्छ ।
नेपालको २०१५ र २०४७ सालको संविधान ब्रिटेनको संसदीय प्रणालीबाट प्रभावित भएको जानकारहरु बताउंछन् ।
बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माको पहल र शाखा अध्यक्ष नरेश खपांगीमगरको नेतृत्वमा भ्रमण भएको थियो । अध्यक्ष खपांगीमगरले संसद भवन अवलोकन उपलव्धिमुलक र ज्ञानवद्र्धक रहेको बताए । उनले शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेको पनि उल्लेख गरे । भ्रमणको संयोजन शाखा सल्लाहकार नवीन पोखरेलले गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता