लन्डन । बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी लिए । उनीहरुले करिब डेढ घण्टा लामो भ्रमणमा तल्लो सदन हाउस अफ कमन्स र उपल्लो सदन हाउस अफ लर्डसको भ्रमण गरि ति निकाय कसरी सञ्चालन हुन्छन् भन्नेबारे जानकारी लिएका थिए ।
सञ्चारकर्मीलाई बेलायतको संसदीय व्यवस्था, तत्कालिन समयमा सदन र राजसंस्थाबीचको द्वन्द्व, भवनका विशेषता आदिबारे जानकारी दिइयो ।
संवैधानिक प्रजातन्त्रको जननी पनि भनिने ब्रिटिश संसद झण्डै ९०० वर्ष पुरानो भएको ठानिन्छ । तत्कालिन राजा जोनलाई स्वेच्छाचारी हुन नदिने र राजा र उनको सरकार कानुन भन्दा माथि नरहेको भन्ने सम्झौता म्याग्नाकार्टामा हस्ताक्षर गरेको पनि ८०० वर्ष पुरा भइसकेको छ । राष्ट्राध्यक्षलाई कुनै कार्यकारी अधिकार नरहेकाले ब्रिटेनको राजसंस्थाले कुनै गल्ती गर्दैन भन्ने भनाइ पनि प्रसिद्ध छ ।
ब्रिटेनमा लिखित संविधान छैन् तर राज्यका विभिन्न अंगबीच शक्ति पृथकीकरण, कानुनी शासनको सर्वोच्चता तथा स्वतन्त्र न्यायालयजस्ता प्रावधानका कारण ब्रिटेनको संवैधानिक प्रणाली संसारमै अनुकरणीय मानिन्छ ।
नेपालको २०१५ र २०४७ सालको संविधान ब्रिटेनको संसदीय प्रणालीबाट प्रभावित भएको जानकारहरु बताउंछन् ।
बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माको पहल र शाखा अध्यक्ष नरेश खपांगीमगरको नेतृत्वमा भ्रमण भएको थियो । अध्यक्ष खपांगीमगरले संसद भवन अवलोकन उपलव्धिमुलक र ज्ञानवद्र्धक रहेको बताए । उनले शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकतामा राखेको पनि उल्लेख गरे । भ्रमणको संयोजन शाखा सल्लाहकार नवीन पोखरेलले गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]