
राष्ट्रपति विद्यादेवी भण्डारी पर्यटकीयस्थल लमजुङको घलेगाउँमा निर्माण गरिएको पर्यटकीय सङ्ग्रहालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ःसन्देश पौडेल, रासस, लमजुङ
लमजुङ (बेँसीसहर), २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । आज लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भन्नुभयो – “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”
उहाँले दिगो कृषि प्रणालीमा ध्यान पुरयाई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूलबाटोमा अघि बढाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले गुरुङहरुको आदिम थलो लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रुपमा घोषणा हुनु गर्वको विषय भन्दै यहाँका उत्पादनलाई आधुनिकीकरण गरी व्यावसायिक र बजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।
सामाजिक विकृतिलाई हटाउन घलेगाउँमा सुरु गरिएको दलित बस्तीमा होमस्टे उदाहरणीय भएको भन्दै मध्यपहाडी लोकमार्ग लमजुङ भएर जाने हुनाले यहाँको पर्यटकीय सम्भावना अझै बढी रहेको धारणा व्यक्त गर्नुभयो ।
घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय टुकाभद्र हमाल र भीष्म अधिकारीलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपतिको स्वागत सम्मानमा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरु निर्माण गरिएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएको छ ।
घलेगाउँमा वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बेँसीसहर–१३, चण्डिस्थानमा रहेको गङ्गा मिलन माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालयले ‘लमजुङको शिक्षाको वर्तमान अवस्था, अवसर, चुनौती र भावी रणनीति’ विषयक ज्ञापनपत्र राष्ट्रपतिसमक्ष बुझाएको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय