लण्डन । काठमाडौं नागार्जुन हिल्सस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले आधुनिक जीवन शैलीले मानिसमा तनाव बढाएको भन्दै खाने कुरा र काम गर्ने शैलीलाई व्यवस्थित गरेर तनाव घटाउन सकिने बताएका छन् ।
एबरडिनमा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डद्वारा गत सप्ताहन्त आयोजित सत्संगमा बोल्दै स्वामी अर्हतले योग र ध्यानको नियमित अभ्यासबाट जीवनलाई सुखी र आनन्दित तुल्याउन सबैलाई आग्रह गरे ।
खासगरी पश्चिमा मुलुकहरुमा जीवन सहज रहेको तर नयाँ प्रविधिले मानिसलाई दास बनाउँदै लगेको उनको धारणा थियो । खासगरी किशोरकिशोरीहरुमा स्मार्ट फोनको लत बढेको र यसले गर्दा उनीहरुको निद्रा र पढाइमा समेत असर परिरहेको भन्दै उनले यस्ता समस्याहरुसंग जुध्न पश्चिमा विद्यालयहरुमा पनि अहिले बालबालिकालाई ध्यान र योग सिकाउन थालिएको जानकारी दिए ।
शिविरको दोश्रो दिन २९ जनवरीका दिन युनिभर्सिटी अफ एबरडिनको सभाकक्षमा आयोजित कार्यक्रममा स्वामी अर्हतले ध्यान तथा योगका दुई दर्जनभन्दा बढी विधि सिकाएका थिए । झण्डै चार घन्टा चलेको उक्त कार्यक्रममा उनले स्वस्थ शरीरका साथै मन स्वस्थ राख्न ध्यान अनिवार्य भएको बताए ।
कार्यक्रममा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डका अध्यक्ष टक थापाले स्वामी अर्हत तथा सबै सहभागीहरुलाई धन्यवाद दिएका थिए ।
यसअघि स्वामी अर्हतले फार्नबरो, डार्टफोर्ड लगायतका स्थानहरुमा एक दिवसीय ध्यान तथा योग कक्षा सन्चालन गर्नुका साथै लण्डनस्थित बीबीसीको मुख्यालयमा सुखी र स्वस्थ जीवन जीउने तरिकाकाबारे व्याख्यान पनि दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]