
काठमाडौँ, ८ फागुन । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।
शुक्रबार भारतको राजकीय भ्रमणमा जानुअघि त्रिवि विमानस्थलमै उहाँले सोसम्बन्धी पत्र गौतमलाई दिनुभएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कावा अध्यक्षले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।
पार्टीको स्थायी कमिटी बैठक पनि छिट्टै बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीति, पार्टी सङ्गठन, नवौँ अधिवेशनपछि विभिन्न विभागहरुलाई पूर्णता दिई व्यवस्थित गर्ने लगायतको कार्यसूची रहने एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।
‘नेपालको संविधान’ जारी भएपछि यसप्रति रहेका भ्रम र अन्योल चिर्न पार्टीले गत पुसदेखि यही फागुनसम्म सञ्चालन गरेको अभियानको पनि समीक्षा गरिनाका साथै पार्टीको आयोजनामा देशका पूर्वदेखि पश्चिमसम्म ठुल्ठुला सभा गरिने विषयमा निर्णय लिइने बताइएको छ ।
अनेरास्ववियु मतगणना जारी
अनेरास्ववियुको २२औँ अधिवेशनका क्रममा नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । अपराह्न्न १३ः३० बजेसम्म मेची, कोसी, सगरमाथा माथिल्लो र तल्लो क्षेत्रसम्मको मतगणना हुँदा अध्यक्षका उम्मेदवार नवीना लामाले २४९ र दीपक गौतमले १८६ मत प्राप्त गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’