लन्डन । एउटा घडीको मुल्य कति पर्ला ? १०, २०, ५० हजार रुपैयां ? यस्तो अनुमान गलत हुने गरि बेलायतमा एउटा घडी ४३ लाख रुपैयांमा विक्री भएको छ । घडी चाहिं सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथा चुम्ने पहिलो व्यक्ति सर एडमन्ड हिलारीले त्यति बेलै लगाएको हो । त्यतिबेला नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
सर जोनले नेतृत्व गरेको उक्त सगरमाथा आरोहण दलमा १५ जना आधिकारीक सदस्य र ३६० जना नेपाली भरिया सामेल थिए ।
बेलायतको सफोकस्थित मार्टलस्याम अक्सनर्स लक्डेल्स्को लिलाम बढाबढ कार्यक्रममा जर्मनीका एक नागरिकले एभरेष्ट रोलेक्स् घडीलाई २७ हजार एकसय ४० पाउण्ड रकम कवोल गरेका हुन् ।
शुरुमा ५ हजार पाउण्डबाट लिलाम बढाबढ शुरु भएको उक्त घडी किन्न बोल कवोलमा ११ जनाले प्रतिष्पर्धा गरेका थिए ।
अक्सन म्यानेजर जेम्स् स्याडलरका भनाइमा अत्यन्त दूर्लभ उक्त घडी त्यति बेला हाइ अल्टिच्यूडको लागि डिजाइन गरिएको थियो । उनले विगतमा यस्तो प्रकारको घडी लिलाम बढाबढमा १७ हजार पाउण्डसम्म कवोल हुने गरेको भएपनि हिलारीको रोलेक्स घडीलाई त्यति उच्च मुल्य तिरिएको जनाए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?