लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रवार (फागुन ७) ६६ औं प्रजातन्त्र दिवस मनाएको छ । दूतावास भवनमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए । विकडेज् परेकाले सहभागिता संख्या भने उल्लेख्य थिएन । सहभागी वक्ताहरुले प्रजातन्त्र दस्तावेजमा मात्र सिमित नभई यसलाई संस्थागत गर्न सकिएमात्र देश समृद्धतर्फ लम्कने धारणा राखे ।
कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताले झण्डै ७ दशकदेखि संघर्ष गरेर प्रजातन्त्र आएपनि यो संस्थागत हुन नसक्दा मुलुक पछाडि परेको बताए । उनले नयां संविधान जारी भएको प्रसंग उल्लेख गर्दै यो मुल कानुन भएकाले आवश्यकता अनुसार संशोधन गर्दै लान सकिने समेत जनाए । कार्यक्रममा अनुपस्थित राजनीतिक पार्टीका भातृ संगठन प्रमुखहरुसहित अन्यलाई लक्षित गर्दै क्षेत्रीले भने, ‘बोलाएन फेसबुकतिर गाली आउंछ, बोलायो सहभागिता हुन्न । सायद आजको कार्यक्रम रमाइलो नभएर होला ।’
थर्ड सेक्रेटरी बाबुकाजी डंगोलले स्वागत मन्तव्य दिएको उक्त समारोहमा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेशराज मोक्तान, नेपाल पर्यटन वोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ), नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष धर्म तामाङ, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली लगायतले प्रजातन्त्र दिवसको शुभकामना दिएका थिए ।
दिनेश सिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा हालै नेपाल पर्यटन वोर्डको बेलायत प्रतिनिधि नियुक्त भएकामा व्यवसायी पशुपति भण्डारीलाई खादाले सम्मान गरियो । कार्यवहाक राजदूत क्षेत्रीले भण्डारीलाई कार्य सफलताको कामना गर्दै वधाइ दिएका थिए ।
राष्ट्रिय गानपछि शुरु कार्यक्रममा शहीदप्रति मौनधारण समेत गरिएको थियो ।
तस्विरहरुः सुरज पौडेल
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा