काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ६६ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले सार्वभौमसत्ता जनतामा निहित हुने र जननिर्वाचित प्रतिनिधिद्वारा शासन हुने संसारकै लोकप्रिय शासन पद्धतिका रुपमा प्रजातन्त्रलाई लिने गरिएको उल्लेख गर्दै निरङ्कुश जहानिया राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको २००७ साल फागुन ७ गते ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ ।
‘आजको दिन गौरवपूर्ण’
उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नत एवम् समृद्धिको मार्गमा द्रुत रुपमा अघि बढाउनुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?