
लन्डन । ग्लोवल पोलिसी फर नेपालका अध्यक्ष एवं लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपालको प्रजातन्त्र अब सही दिशातर्फ उन्मुख भएको बताएका छन् । प्रजातन्त्र दिवस (फागुन ७) को पूर्व सन्ध्यामा एक सन्देश जारी गर्दै उनले धेरै वाधा अड्चनका बीच नेपालमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी संविधान जारी भएको पनि जनाएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई वधाई दिंदै नयां संविधान सबैका लागि गर्वको विषय र एउटा उपलव्धि रहेको समेत बताए ।
कम्बोडियाका लागि पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार दूत सुवेदीले अन्य देशमा प्रजातन्त्र संस्थागत हुन कयौं वर्ष लागे पनि नेपालले भने छोटो समयमै यो पाएको सन्देशमा उल्लेख गरेका छन् । उनले स्वतन्त्रताका हिसावले नेपाल अग्र पंक्तिमा रहेको स्मरण गर्दै अब आर्थिक समृद्धितर्फ बढ्नु चुनौती रहेको जनाएका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह