
लन्डन । नेपाली क्रिकेट टिमले पहिलोपटक विश्वकै प्रतिष्ठित लन्डनस्थित लर्डस् (होम अफ क्रिकेट) मैदानमा म्याच खेल्ने भएको छ । आगामी १९ जुलाई, २०१६ का दिन विश्वकै लोकप्रिय मार्लेवोन क्रिकेट क्लव (एमसीसी) संग नेपाली खेलाडीले पहिलोपटक खेल्ने भएका हुन् ।
इंग्ल्याण्ड र पाकिस्तानबीच टेस्ट म्याच भएको भोलिपल्ट उही पिचमा नेपाली टिम र एमसीसीबीच खेल हुने भएको हो ।
नेपाल र एमसीसीबीचको म्याच बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठको एउटा हिस्सा भनिएको छ । क्रिकेट एसोसिएसन अफ नेपालको पहल र लन्डनस्थित नेपाली दूतावास तथा बेलायती विदेश मन्त्रालयको सहयोगमा म्याच सम्भव भएको हो । लन्डनस्थित नेपाली दूतावासले खेलमा उच्च सहभागिताका लागि बेलायतस्थित नेपाली संघसंस्थाका पदाधिकारीसंग छलफल गरिसकेको छ । खेल हेर्न नेपाल र बेलायत दुवै देशका विशिष्ठ पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको नेपाल क्रिकेट र एमसीसीबीच पुलको काम गरिरहेका क्रिकेटप्रेमी प्रशान्त कुंवरले जनाए । उनले नेपालमा क्रिकेट खेलको विकास आशातित रुपमा भइरहेको जनाउंदै आसन्न खेलले एमसीसी क्लवसंग नेपाली टिमको सम्वन्ध अझ मजवुत हुने विश्वास व्यक्त गरे ।
गत नोभेम्बर २०१५ मा नेपाल गएको एमसीसीले क्रिकेट एसोसिएसन नेपालसंग सम्वन्ध मजवुत बनाइरहेको छ । नेपाल टिमका क्याप्टेन पारस खड्काले एमसीसीका लागि सन् २०१५ मा दुवइमा इमिरेट्स टि २० खेलेका थिए । पारस खड्काले यसपटकको म्याच पनि खेल्ने विश्वास गरिएको छ । एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सन भन्छन्, ‘नेपाली टिम जुलाईमा लर्डस्मा खेल्न आउन लागेकामा हामी प्रसन्न छौं । हामी खेलाडी र समर्थकहरुलाई लर्डस् मैदानमा स्वागत गर्न प्रतिक्षारत छौं ।’
स्टेपहेन्सनले गत वर्ष नेपाल जांदा आफूले क्षमतावान नेपाली खेलाडी देखेको जनाउंदै बलियो एमसीसी टिम बनाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिने बताए ।
खेलको टिकट विक्रीबाट संकलित रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालको पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ । उता, एमसीसीले पनि नेपालको क्रिकेट पूर्वाधार निर्माणमा सघाउने कुंवरले जनाए । क्रिकेट एसोसिएसन अफ नेपालकी सिइओ भावना घिमिरेले लर्डस मा सहभागी हुन पाउनु नेपालका लागि ठूलो अवसर भएको जनाउंदै यसले खेलाडीको मनोवल समेत बढाउने बताएकी छिन् ।
ब्रिटिशहरुले औधि रुचाएका गोर्खा समेत इभेन्टको एक हिस्सा हुनेछन् र उनीहरुले पाइप र ड्रम्स बजाउने कार्यक्रम छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा