
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा बुधबार नेपाल इन्जिनियर्स एसोसिएसनको १४ आँै सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र नाकाबन्दीका कारण देशले खरबाँै रुपैयाको नोक्सानी व्यहोर्नु परेकाले राष्ट्रको पुनःनिर्माणका लागि सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको १४ आँै सम्मेलनको शुभारम्भ गर्दै उहाँले भूकम्पपछि पुरातात्विक सम्पदालगायतका भवनसमेत ध्वस्त भएकाले तिनको पुनःनिर्माणका लागि इन्जिनियरहरुको आवश्यकता भएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो–‘‘सरकारका विकास निर्माणका काम कारबाही धिमा गतिमा अघि बढेको छ, हरेक काममा विस्तारै अघि बढ्ने बानी छ, जलस्रोतको धनी यस मूलुकमा १०५ वर्षंमा अढाईसय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ, अब हामीले यस्तो स्थिति तोड्नु प¥यो, हाम्रो जनशक्तिले हाम्रै देशमा काम गरेर बस्ने वातावरण सिर्जना गर्नुप¥यो ।”
‘अरुको सहयोगले देश बन्दैन, आफ्नै प्रयासले बन्छ’ भन्दै उहाँले राम्रो काम गरेमा नेपाललाई जुनसुकै मुलुकले पनि चिन्छ, तर त्यही नेपालभित्रको काम कारबाही सुस्त हुनु र बिजुली उत्पादन गर्नसक्ने देशमा बिजुलीको अभाव हुनु राम्रो होइन, स्रोत र प्राविधिक हामीसँगै छ, लगानी बढाउन सकिन्छ, तर पनि विकासका काम छिटो अघि बढाउन नसक्नुका कारण खोजी हुनुपर्ने बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष इन्जिनियर धु्रवराज थापाले इन्जिनियरिङ विश्वविद्यालय तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न, सरकारी सेवामा इन्जिनियरलाई प्रशासन सेवाबाट अलग राख्न र युवा इन्जिनियरलाई पलायन हुन नदिन व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले देशको आर्थिक विकासका लागि पूर्वाधार तयार गर्ने प्राविधिक भए पनि विज्ञान र प्रविधिलाई प्राथमिकतामा नराखिएको, प्रशासन सेवामा प्राविधिकलाई माथिल्लो तहमा जाने अवसरमा सङ्कुचन गरिएकाले अब्बल दर्जाका इन्जिनियर पलायन भई ठूलठूला आयोजनामा इन्जिनियरको अभाव हुन थालेको पनि जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा इन्जिनियर विकास पोखरेललाई युथ प्रोफेसनल एवार्ड, इन्जिनियर डा सुमित्रा अमात्यलाई आउटस्टाण्डिङ उमन एवार्ड, इन्दिवर गुरुङलाई मार्टियर नवराज एवार्ड, इन्जिनियर अरविन्दकुमार मिश्रलाई बेष्ट इन्नोभेसन एवार्ड, संयुृक्त राष्टसङ्घीय विकास कार्यक्रमलाई इन्जिनियरिङ एप्रिसिएसन एवार्ड, इन्जिनियर पद्म ज्योतिलाई बेष्ट इन्टरप्रेनियर एवार्ड र इन्जिनियर चेतप्रसाद भटृराईलाई लाइफटाइम एचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो ।
तिन दिनसम्म चल्ने सो सम्मेलनमा प्रस्तुत हुने ३३ वटा कार्यपत्रमा छलफल गरी निचोड निकालिने भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]