
काठमाडाँै, ५ फागुन । जापान सरकारले भूकम्पबाट क्षतिग्रत भौतिक संरचनाको पुनःस्थापनाका लागि रु तीन अर्ब ४४ करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।
परोपकार प्रसूतिगृह र वीरअस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारास्थित खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण र गोरखाको बारपाक बाह्रकिलोस्थित पुलको निर्माणका लागि जापान सरकारले उक्त अनुदान प्रदान गरेको हो ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि चुतोमु सिमीजुले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा जाइकाका प्रमुख सिमीजुले पुनर्निर्माणका काम द्रुत गतिमा कार्यान्वयन गर्न जापानी सहयोग फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सहसचिव अर्यालले नेपालको सामाजिक एवम् आर्थिक विकासमा जापान सरकारबाट निरन्तर प्राप्त सहायताप्रति आभार व्यक्त गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार