लन्डन । प्रणय दिवसका अवसरमा बेलायत केन्ट कलमले विश्व नेपाली साहित्य महासंघको व्यानरमा साहित्यिक तथा सांगीतिक कार्यक्रम गरेको छ । साहित्यकार विजय हितानको संयोजकत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले आ–आफनो सिर्जना प्रस्तुत गरे ।
उक्त कार्यक्रममा मन छुने खालका गीत पनि प्रस्तुत गरियो । १४ फेब्रुअरीमा मनाइने यस दिवसका अवसरमा बेलायत, केन्टका साहित्य एवं संगीत अनुरागीहरुको सहभागितामा पहिलोपटक कार्यक्रम गरिएको हो ।
वातवरणमा दख्खल राख्ने विजय हितान लगायत केन्ट कलमको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा गायक धन गुरुङ, विजय लिम्बु, थिर थापा मगर, गीतकार जानुका राई, शिव राई, संजिव राई पारदर्शी, बाल कलाकार शेखर राई तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदीप तिगेलाको सहभागिता थियो ।
कार्यक्रममा गीतकार तथा बांसुरीवादक सुरेन्द्र इग्नामले आफू उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै भिडियोमार्फत प्रणय दिवसको शुभकामना पठाएका थिए ।
उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयबाट साहित्यमा स्नातकोत्तर गरेकी साहित्यकार जानुका राईले बेलायत जस्तो व्यस्त देशमा प्रेम दिवसको अवसरमा विशेष कार्यक्रम गरिएकामा आयोजकलाई धन्यवाद दिंदै प्रवासी भूमिमा साहित्यिक खेती गर्न अहोरात्र खटिने सम्पूर्ण साहित्यकारहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताइन् ।
साहित्यकार विश्वासदीप तिगेलाले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा गीतकार संजिव राई (डाइमण्ड लाहुरे) ले प्रेम दिवसमा आधरित कविता प्रस्तुत गरे ।
रेडियो नेपालमा २०४० सालतिरै स्वर परीक्षा गराएका बेलायतका पहिलो नेपाली काउन्सिलर धन गुरुङ र जिवन लिम्बुले मर्मस्पर्शी गीत प्रस्तुत गर्दा सहभागी भावुक देखिन्थे ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा