लन्डन । द्वन्द्वपीडित वालवालिकाको सहयोगका लागि बेलायतमा भव्य च्यारिटी कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासिय नेपाली संघ, बेलायत महिला फोरमले यही मार्च ५ तारिख शनिवार अल्डरसटको किंग्स् सेन्टरमा च्यारिटी गर्न लागेको हो ।
कार्यक्रमबाट संकलित रकम सर्लाहीको हरिवन घर्कौलीस्थित चेतना समूह नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहलाई प्रदान गरिने फोरमकी संयोजक सुशीला राईले जानकारी दिइन् ।
आश्रममा चालिस भन्दा बढि द्वन्द्वपीडित वालवालिका आश्रित छन् । राईकै नेतृत्वमा प्रवासी नेपाली मञ्चले नारी दिवस कार्यक्रम आयोजना गरि चितवनका चेपांगहरुलाई सहयोग समेत गरिएको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा हिमाल पहाड तराईको एउटै नारा संवृद्ध समाज निर्माण महिलाको अभिभारा भन्ने नाराका साथ फोरम सामाजिक कार्यमा जुटेको हो । एनआरएन महिला फोरमले यसअघि विकट जिल्ला जुम्लाको मितेरी गाविसमा निर्माणार्थ प्रसुती केन्द्रका लागि २० लाख रुपैयां भन्दा बढि रकम सहयोग गरिसकेको छ । फोरमले असहाय महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ । फोरमले हरेक वर्ष नारी दिवसका अवसरमा समाजिक कार्य पनि आयोजना गर्दै आएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा