लन्डन । धरान समाज यूकेले च्यारिटी गर्दै प्रणय दिवस मनाएको छ । १४ फेब्रुअरी पर्ने प्रणय दिवस धरानमा आकाशेपुल निर्माण सहयोगार्थ समर्पित गरिएको हो । सांझ साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा भएको भ्यालेन्टाइन पार्टीमा रोमान्टिक मुडमा भेला भएका जोडीले आफ्नो माया र आत्मीयता साटे, नृत्य प्रस्तुत गरे अनि रेडकार्पेटमा तस्विर पनि खिचाए । एकल आएका सहभागी पनि त्यहांको रोमाञ्चक वातावरणमा नरमाउने कुरै थिएन ।

यती नेपाली एसोसिएसन यूकेका महासचिव शशीधर नेपाल दम्पत्तिले कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै धरान समाज यूकेका अध्यक्ष उमेशराज मोक्तानले प्रणय दिवसलाई सामाजिक सेवामा समर्पित गरिएको जनाए । मिरा गुरुङ रानाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा उत्कृष्ट नाच गर्ने जोडी र मास्क लगाउनेलाई पुरस्कृत गरियो जसमा उत्कृष्ट नाच्ने जोडी थिए वसुन्धरा याक्खा र खगेन्द्र याक्खा । मास्कमा दिपा उप्रेती र शरद उप्रेती, रमेश लिम्बु र तारा लिम्बु एवं ललित दुतराज र गंगा दुतराज पनि विजयी भए । उत्कृष्ट नाच गर्ने जोडी छान्न नेपालबाट आएका चलचित्रका नृत्य निर्देशक गोविन्द राई, समाजका महासचिव किरण सुब्बा र शशी थापा सुब्बा निर्णायक थिए ।
उक्त अवसरमा नेपाली चलचित्रका लोकप्रिय नृत्य निर्देशक गोविन्द राई, बलिउड नृत्यकी कोरियोग्राफर एलिसा शर्मा, जेनिसा मगर लगायतको आकर्षक नृत्य पनि दर्शकले रुचाए । प्रेम कविता पनि वाचन भएको थियो ।
कार्यक्रममा राफल चिट्ठा पनि खेलाइएको थियो भने हंग्री यतीले खाना प्रवन्ध गरेको थियो ।
तस्विरहरु सौजन्यः शिव भण्डारी
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल