लन्डन । बाग्लुङको गल्कोटबाट बेलायत आएर बसोवास गरेका गल्कोटेहरु संगठित भएका छन् । गत फेब्रुअरी १० तारिख बुधबार म्यानचेस्टरमा आयोजित गल्कोटे अगुवाहरुको एक भेलाले गल्कोट समाज यूके तदर्थ समिति गठन गरेको छ ।
रेसमबहादुर बुढाथोकीको संयोजकत्वमा गठित उक्त तदर्थ समितिको उपसंयोजकमा गंगा गौतम, राजु कंडेल, प्रेम गैरे, विष्णु चालिसे, सचिवमा पुष्प दत्त उप्रेती, सह सचिवमा कृष्ण खरेल, कोषाध्यक्षमा धन बहादुर बुढाथोकी र सहकोषाध्यक्षमा भरत खत्री चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा दलबहादुर बुढाथोकी, धनबहादुर क्षेत्री, भोजराज कंडेल, देवी साहनी, कुमार घर्ती, भोजन शेरचन, गोविन्द कंडेल, शशी चालिसे, खिमलाल गैरे र तोरण मल्ल छन् ।
सोही भेलाले एनआरएनए यूकेका निवर्तमान अध्यक्ष महेन्द्र कंडेल र पुवाखोला हाइड्रोपावर १ इलामका प्रवन्ध निर्देशक कदम केसीलाई सल्लाहकारमा नियुक्त गरेको छ ।
भेलाले यूकेमा बसोबास गर्ने गल्कोटेहरुको विवरण संकलन गरि आउंदो अगस्ट महिनाभित्र प्रथम अधिवेशन गरि गल्कोट समाज यूकेको वैधानिक कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
नवगठित समितिका संयोजक बुढाथोकीले उक्त जिम्मेवारी पूरा गर्न आफ्नो मातहतको समिति सक्षम भएको र कुनै पनि हालतमा जिम्मेवारी पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता