लन्डन । बाग्लुङको गल्कोटबाट बेलायत आएर बसोवास गरेका गल्कोटेहरु संगठित भएका छन् । गत फेब्रुअरी १० तारिख बुधबार म्यानचेस्टरमा आयोजित गल्कोटे अगुवाहरुको एक भेलाले गल्कोट समाज यूके तदर्थ समिति गठन गरेको छ ।
रेसमबहादुर बुढाथोकीको संयोजकत्वमा गठित उक्त तदर्थ समितिको उपसंयोजकमा गंगा गौतम, राजु कंडेल, प्रेम गैरे, विष्णु चालिसे, सचिवमा पुष्प दत्त उप्रेती, सह सचिवमा कृष्ण खरेल, कोषाध्यक्षमा धन बहादुर बुढाथोकी र सहकोषाध्यक्षमा भरत खत्री चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा दलबहादुर बुढाथोकी, धनबहादुर क्षेत्री, भोजराज कंडेल, देवी साहनी, कुमार घर्ती, भोजन शेरचन, गोविन्द कंडेल, शशी चालिसे, खिमलाल गैरे र तोरण मल्ल छन् ।
सोही भेलाले एनआरएनए यूकेका निवर्तमान अध्यक्ष महेन्द्र कंडेल र पुवाखोला हाइड्रोपावर १ इलामका प्रवन्ध निर्देशक कदम केसीलाई सल्लाहकारमा नियुक्त गरेको छ ।
भेलाले यूकेमा बसोबास गर्ने गल्कोटेहरुको विवरण संकलन गरि आउंदो अगस्ट महिनाभित्र प्रथम अधिवेशन गरि गल्कोट समाज यूकेको वैधानिक कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
नवगठित समितिका संयोजक बुढाथोकीले उक्त जिम्मेवारी पूरा गर्न आफ्नो मातहतको समिति सक्षम भएको र कुनै पनि हालतमा जिम्मेवारी पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै