
लन्डन । महिला निर्देशक सम्झना उप्रेती रौनियारले निर्देशन गरेको नेपाली फिल्म ‘मेघा’ १८ औं लन्डन एसियन फिल्म फेस्टिभलमा छनोट भएको छ । टङस् अन फायरले आगामी ४ देखि १३ मार्च, २०१६ सम्म आयोजना गर्न लागेको महोत्सवमा मेघा छानिएको हो । उक्त सिनेमा आगामी ६ मार्च अपरान्ह साढे चार बजे वाटरम्यान्स्मा प्रदर्शन गरिने कार्यकारी निर्माता विकास रौनियारले जनाएका छन् ।
निर्माता निर्देशक, कलाकार, शुभेच्छुक र दर्शकहरु उल्लेख्य सहभागी हुने उक्त वार्षिक चलचित्र महोत्सवमा दक्षिण एसियाली फिल्म प्रदर्शन, भिज्यूअल आर्ट एक्जिविसन, फिल्म सम्वन्धि विचार गोष्ठी, वर्कसप, कलाकार र निर्माता
निर्देशकहरुको अन्तर्वार्ता आदि प्रस्तुत गरिनेछ ।
दुई वर्ष अघि सार्वजनिक मेघामा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ, सिद्धार्थ कोइराला, भिन्तुना जोशी लगायत कलाकारको अभिनय छ ।
प्रेम कथामा केन्द्रित यस फिल्ममा इसान (रेमनदास श्रेष्ठ) संग विवाह भइसकेकी पेशेवर एक युवती मेघा (नम्रता श्रेष्ठ) गौरव (सिद्धार्थ कोइराला) संग प्रेममा डुबेको कहानी छ । फिल्मले शहरीया व्यस्त जीवनशैलीले वैवाहिक जीवनमा पार्ने प्रभाव समेत उजागर गरेको छ ।
गोपाल योन्जनको संगीत रहेका गीतहरु जीवनको हरेक मोडमा, मेरो जोवन
लैजाऊ, यति चोखो यति मिठो दिउंला तिम्लाई मायां, तिमी देऊ या नदेऊ, काली पनि देखें मैले… आदि समावेश भएको २ घण्टा ११ मिनेट लामो उक्त फिल्म सबस्ता इन्टरटेनमेन्ट प्रा. लि. ले निर्माण गरेको हो ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त