
नेपाली इन्जिनियरलाई प्रतिष्ठित अवार्ड
लन्डन । यूकेको वकिङवासी एक नेपाली इन्जिनियरले रिजनल इमर्जिङ इन्जिनियर अवार्ड २०१६ प्राप्त गरेका छन् ।
नेपालमा जन्मिएपनि वकिङमा हुर्किएका अक्षय चापागाईंले गत सोमबार लन्डनमा एक कार्यक्रमबीच उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् ।
लन्डन ग्रयाजुएट्स एण्ड स्टुडेन्ट्स कमिटीद्धारा आयोजित समारोहमा चापागाईंले अवार्ड ग्रहण गरेका थिए । चापागाईंको पुल डिजाइनमा केन्द्रित कार्यपत्रले उनलाई अवार्ड दिलाएको हो । उनले सर्ट लिष्टमा छनोट भएका अन्य चार इन्जिनियरलाई उछिनेका हुन् ।
चापागाईं बालफोर बीएट्टी कम्पनी अन्तर्गत क्रसरेलको साउथ इष्ट सेक्सनमा साइट इन्जिनियरका रुपमा कार्यरत छन् ।
उक्त अवार्डका लागि निर्णायक मण्डलमा टिएफएलमा कार्यरत सिभिल इन्जिनियर आरोन म्याथू, ट्रान्सपोर्ट इन्फास्ट्रक्चरका निर्देशक डा. सास मजलेसी, सन् २०१५ को ग्लोवल इमर्जिङ इन्जिनियर अवार्ड विजेता पल च्याम्बर्स र लन्डन अन्डरग्राउण्डका फ्रोफेशनल हेड किथ वोअर्स थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई