लन्डन । यूकेको वकिङवासी एक नेपाली इन्जिनियरले रिजनल इमर्जिङ इन्जिनियर अवार्ड २०१६ प्राप्त गरेका छन् ।
नेपालमा जन्मिएपनि वकिङमा हुर्किएका अक्षय चापागाईंले गत सोमबार लन्डनमा एक कार्यक्रमबीच उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् ।
लन्डन ग्रयाजुएट्स एण्ड स्टुडेन्ट्स कमिटीद्धारा आयोजित समारोहमा चापागाईंले अवार्ड ग्रहण गरेका थिए । चापागाईंको पुल डिजाइनमा केन्द्रित कार्यपत्रले उनलाई अवार्ड दिलाएको हो । उनले सर्ट लिष्टमा छनोट भएका अन्य चार इन्जिनियरलाई उछिनेका हुन् ।
चापागाईं बालफोर बीएट्टी कम्पनी अन्तर्गत क्रसरेलको साउथ इष्ट सेक्सनमा साइट इन्जिनियरका रुपमा कार्यरत छन् ।
उक्त अवार्डका लागि निर्णायक मण्डलमा टिएफएलमा कार्यरत सिभिल इन्जिनियर आरोन म्याथू, ट्रान्सपोर्ट इन्फास्ट्रक्चरका निर्देशक डा. सास मजलेसी, सन् २०१५ को ग्लोवल इमर्जिङ इन्जिनियर अवार्ड विजेता पल च्याम्बर्स र लन्डन अन्डरग्राउण्डका फ्रोफेशनल हेड किथ वोअर्स थिए ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा