लन्डन । प्रणय दिवस (भ्यालेन्टाइन डे) आउन अब दुई दिन बांकी रहंदा लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ । विश्वभरका प्रेमी प्रेमिकाले एउटा उत्सवका रुपमा लिने उक्त दिवस (फेब्रुअरी १४) मनाउन यहांका नेपाली कम उत्साहित छैनन् ।
‘अब यो पश्चिमा संस्कृति मात्र रहेन’, गत सप्ताहन्त लन्डनको एउटा स्टुडियोमा फोटोसुट गर्दै गर्दा भेटिएका मोडल सारा र विकेश बस्नेतले एकै स्वर भने, ‘समयानुकुल नेपाली तन्नेरीहरु यो दिवसमा अभ्यस्त भइरहेका बेला हामी पनि त्यही अनुशरणतिर छौं ।’ सारा र विकेशको जोडीले भ्यालेन्टाइनकै अवसर पारेर डिओपी कुशल श्रेष्ठसंग फोटोसुट गराएका छन् ।
लन्डन एजवेयर बस्ने सुरज र अलिसाको जोडीलाई जागिरको व्यस्तताले रोक्ने छैन् भ्यालेन्टाइन मनाउन । सप्ताहन्त परेकाले कम्तीमा दुई दिन लन्डनतिर ‘नाइट आउट’ मा रम्ने उनीहरुको तयारी छ । लन्डनस्थित ७३ तले अग्लो भवन ‘सार्ड’ मा पुगेर पहिलो प्रेम प्रस्ताव राखेको स्मरण गर्दै रोमाण्टिक देखिएका सुरजले भने, ‘माया गर्न भ्यालेन्टाइन डे नै चाहिन्छ भन्ने होइन तर यस दिन उपहारसहित आत्मियता साट्दा प्रेम दरिलो हुने मेरो विश्वास छ ।’
युवा जमातलाई लक्षित गर्दै भ्यालेन्टाइनका अवसरमा यूकेमा धेरै कार्यक्रम तय भएका छन् । लोकप्रिय गायक आनन्द कार्की, गायिका शर्मिला बर्देवा र माया रोकाले शनिवार सांझ भ्यालेन्टाइन स्पेशल नाइट गर्दैछन् काठमाण्डौं जोन रेष्टुरेन्टमा ।
‘प्रणय दिवस सांगीतिक माहोलमा मनाउन हामी उत्सुक छौं’, दुई महिना यता बेलायतमा शो गरिरहेका गायक कार्की भन्दै थिए, ‘बेलायतको नेपाली डायस्पोरा पनि पश्चिमा संस्कृतिसंग मज्जाले खुलेको अनुभूति गरें ।’
पहिलो नेपाली तारा दीपक लिम्बु चाहिं प्रणय दिवसका दिन बेलायतको आसफोर्ड केन्टमा गर्न लागिएको कार्यक्रममा हुनेछन् ।
धरान समाज यूकेले भ्यालेन्टाइन डे कै दिन आइतबार लन्डनस्थित ह्यारो बरो फुटबल क्लवमा डिजे डान्ससहितको पार्टी राखेको छ भने मःम हाउस रेष्टुरेन्टले शनिवार द बोटमा कार्यक्रम गर्दैछ ।
जोडी हुने त भाग्यमानी भइहाले, नहुनेलाई पनि त्यस दिन प्रेम प्रस्ताव राख्न छुट छ भन्ने विश्वास छ । सायद कयौं सिंगलहरु ‘मिंगल’ का लागि त्यसै दिनको प्रतिक्षामा छन् ।
बेलायती पनि यस दिवसमा अत्यधिक रमाउने गर्छन् । यस दिन रातो गुलाव आदानप्रदान बढि नै हुने गरेको तथ्यांक छ । बेलायतका ठूला डिपार्टमेन्टल स्टोर मध्ये एक टेस्कोले मात्र वर्षेनी झण्डै दश लाख भ्यालेन्टाइन बुके विक्री हुने जनाएको छ । अरु स्टोरहरु लिडल र अल्डीको पनि विक्री अनुपात त्यस्तै छ ।
सन् २०१३ मा बेलायतमा २६२ मिलियन पाउण्डको गुलाव विक्री भएको थियो । बेलायतले करिब ७० प्रतिशत गुलाव केन्याबाट आयात गर्छ ।
एक सर्वेक्षण अनुसार लन्डन, अक्सफोर्ड, ग्लास्गो, सेफिल्ड, एडिनबरा, बर्मिङहम, कार्डिफ, ब्राडफोर्ड, लिभरपुल र म्यानचेष्टर क्रमशः दश रोमाण्टिक शहरको सूचीमा छन् ।
तस्विरहरुः कुशल श्रेष्ठ
मोडलः विकेश र सारा
ड्रेस डिजाइनरः अनिता भण्डारी
मेकअपः श्रद्धा मास्के
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?