
लन्डन । नेपाली समुदायसंग निकट रहेका एकजना बेलायती सांसद वीरेन्द्र शर्माले नेपालका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष समेत रहेका सांसद शर्माले आज बुधवार एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका हुन् ।
कोइराला नेपाली राजनीतिमा एक महान र दुर्दर्शी व्यक्तित्व भएको जनाउंदै शर्माले कोइरालाकै योगदान स्वरुप नेपालले नयां संविधान पाएको बताएका छन् ।
कोइरालासंग कयौं पटक भेट भएको स्मरण गर्दै शर्माको वक्तव्यमा कोइरालाको निधनपछि नेपालले एकजना महान नेता गुमाएको उल्लेख छ । शर्माले वक्तव्यमा कोइरालाको राजनीतिक अन्तरदृष्टि र वुद्धि आफूले सधैं सम्झिरहने पनि बताएका छन् ।
शर्माले भूपू गोर्खा र नेपाली समुदायसंग निकट रहेर आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् ।
लोभ लालच र भ्रष्ट आचरणमा कहिल्यै नमुछिएका नेता कोइरालाको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीमा हजारौंको सहभागिता थियो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम