
लन्डन । नेपाली समुदायसंग निकट रहेका एकजना बेलायती सांसद वीरेन्द्र शर्माले नेपालका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष समेत रहेका सांसद शर्माले आज बुधवार एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका हुन् ।
कोइराला नेपाली राजनीतिमा एक महान र दुर्दर्शी व्यक्तित्व भएको जनाउंदै शर्माले कोइरालाकै योगदान स्वरुप नेपालले नयां संविधान पाएको बताएका छन् ।
कोइरालासंग कयौं पटक भेट भएको स्मरण गर्दै शर्माको वक्तव्यमा कोइरालाको निधनपछि नेपालले एकजना महान नेता गुमाएको उल्लेख छ । शर्माले वक्तव्यमा कोइरालाको राजनीतिक अन्तरदृष्टि र वुद्धि आफूले सधैं सम्झिरहने पनि बताएका छन् ।
शर्माले भूपू गोर्खा र नेपाली समुदायसंग निकट रहेर आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् ।
लोभ लालच र भ्रष्ट आचरणमा कहिल्यै नमुछिएका नेता कोइरालाको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीमा हजारौंको सहभागिता थियो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त