लन्डन । लन्डनस्थित विश्वकै प्रतिष्ठित मार्लेवोन क्रिकेट क्लब (एमसीसी) र नेपाली खेलाडीबीच हुने मैत्रीपूर्ण खेल सफल बनाउन यहां छलफल भएको छ । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा आगामी जुलाई १९ का दिन ५० ओभरको एक दिवसीय खेल हुंदैछ ।
खेल कसरी सफल बनाउने भन्ने सम्वन्धमा छलफल गर्न मंगलबार सांझ लन्डनस्थित नेपाली दूतावासमा एनआरएनए, तमु धिं यूके, मगर संघ यूके, ब्रिटेन नेपाल सोसाइटी सहित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल भएको छ । खेललाई पिकनिकसहित पर्वकै रुपमा मनाउने निर्णय भएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । ब्रिगेड अफ गोर्खाज व्याण्ड प्रस्तुति र नौमती बाजा खेलका अरु आकर्षण हुनेछन् ।
प्रचार प्रसार समिति बनाएर खेल व्यापक सफल बनाउने निर्णयसहित नेपाल पत्रकार महासंघ, बेलायतलाई मिडिया पार्टनर बनाइएको छ ।
लन्डनस्थित नेपाली दूतावासको आग्रहपछि एमसीसीले आफ्नै ग्राउण्ड लर्डस् (दि होम अफ क्रिकेट) मा खेल्ने व्यवस्था गरेको हो । खेलबारे नेपालको परराष्ट्र मन्त्रालय मार्फत क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई समेत अवगत गराइसकिएको छ । क्यानले नै खेलाडी छनोट गर्नेछ ।
खेल हेर्न कम्तीमा दश हजार दर्शक जुटाउने तयारी छ ।
लन्डनस्थित कार्यवहाक राजदूत क्षेत्रीले दुई देशबीच पिपुल टु पिपुल कन्ट्याक्ट (जनस्तर सम्पर्क) मार्फत सम्वन्ध अझ प्रगाढ बनाउने र युवा पुस्तालाई समायोजन गराउने उद्देश्य खेलको रहेको जनाए ।
जम्मा दश पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त खेल हेर्न ५५ वर्षमाथि र ११ वर्ष मुनीकालाई ५ पाउण्डमात्र लाग्ने छ । टिकटबाट संकलित रकम मध्ये ५० प्रतिशत च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टमार्फत भूकम्प पीडितलाई खर्च गरिने दूतावासले जनाएको छ । बांकी ५० प्रतिशत एमसीसीले नै क्रिकेट एसोसिएसन अफ नेपाललाई दिनेछ ।
विश्वकै क्रियाशिल क्रिकेट क्लव एमसीसीमा हाल १८ हजार पूर्ण र ५ हजार एसोसिएट सदस्य छन् ।यसअघि, बेलायती विदेश मन्त्रालयले एक भव्य समारोहबीच दुई सय वर्ष गांठ मनाइसकेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने