लन्डन । लन्डनस्थित विश्वकै प्रतिष्ठित मार्लेवोन क्रिकेट क्लब (एमसीसी) र नेपाली खेलाडीबीच हुने मैत्रीपूर्ण खेल सफल बनाउन यहां छलफल भएको छ । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा आगामी जुलाई १९ का दिन ५० ओभरको एक दिवसीय खेल हुंदैछ ।
खेल कसरी सफल बनाउने भन्ने सम्वन्धमा छलफल गर्न मंगलबार सांझ लन्डनस्थित नेपाली दूतावासमा एनआरएनए, तमु धिं यूके, मगर संघ यूके, ब्रिटेन नेपाल सोसाइटी सहित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल भएको छ । खेललाई पिकनिकसहित पर्वकै रुपमा मनाउने निर्णय भएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । ब्रिगेड अफ गोर्खाज व्याण्ड प्रस्तुति र नौमती बाजा खेलका अरु आकर्षण हुनेछन् ।
प्रचार प्रसार समिति बनाएर खेल व्यापक सफल बनाउने निर्णयसहित नेपाल पत्रकार महासंघ, बेलायतलाई मिडिया पार्टनर बनाइएको छ ।
लन्डनस्थित नेपाली दूतावासको आग्रहपछि एमसीसीले आफ्नै ग्राउण्ड लर्डस् (दि होम अफ क्रिकेट) मा खेल्ने व्यवस्था गरेको हो । खेलबारे नेपालको परराष्ट्र मन्त्रालय मार्फत क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई समेत अवगत गराइसकिएको छ । क्यानले नै खेलाडी छनोट गर्नेछ ।
खेल हेर्न कम्तीमा दश हजार दर्शक जुटाउने तयारी छ ।
लन्डनस्थित कार्यवहाक राजदूत क्षेत्रीले दुई देशबीच पिपुल टु पिपुल कन्ट्याक्ट (जनस्तर सम्पर्क) मार्फत सम्वन्ध अझ प्रगाढ बनाउने र युवा पुस्तालाई समायोजन गराउने उद्देश्य खेलको रहेको जनाए ।
जम्मा दश पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त खेल हेर्न ५५ वर्षमाथि र ११ वर्ष मुनीकालाई ५ पाउण्डमात्र लाग्ने छ । टिकटबाट संकलित रकम मध्ये ५० प्रतिशत च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टमार्फत भूकम्प पीडितलाई खर्च गरिने दूतावासले जनाएको छ । बांकी ५० प्रतिशत एमसीसीले नै क्रिकेट एसोसिएसन अफ नेपाललाई दिनेछ ।
विश्वकै क्रियाशिल क्रिकेट क्लव एमसीसीमा हाल १८ हजार पूर्ण र ५ हजार एसोसिएट सदस्य छन् ।यसअघि, बेलायती विदेश मन्त्रालयले एक भव्य समारोहबीच दुई सय वर्ष गांठ मनाइसकेको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता