लन्डन । दिवंगत पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न आयोजित एक कार्यक्रममा सहभागी संख्या एक दर्जन हाराहारीमात्र रह्यो ।
पशुपति आर्यघाटमा दशौं हजार सहभागी बीच राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टी भइरहंदा लन्डनमा भने सहभागी नै भेटिएन ।
नेपाली जनसम्पर्क समिति, बेलायतको विज्ञान प्रसाईं समूहले शोक सभा गरेको थियो । जनसम्पर्क समितिमा फुट र छोटो सूचनाका कारण कार्यक्रममा सहभागी उल्लेख्य नरहेको विश्वास छ । बेलायतवासी नेपालीलाई राजनीतिप्रति उति चासो नरहेपनि कोइराला प्रजातन्त्रका लागि लडेका एकजना सादगी योद्धा थिए । उनको निधनमा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले शोक व्यक्त गर्दै दक्षिण एसियाले एकजना शालिन नेता गुमाएको उल्लेख गरेको छ ।
ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रसाईंसहित शान्तविनोद लामिछाने, विजन भट्ट, महेश दाहाल, चिरन्जिवी ढकाल, सरिता पौडेल, तारा पौडेल, एकराज नेम्वांगसहित गन्न सकिने उपस्थित थिए । सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै संविधान जारी गर्न रहेको उनको अतुलनीय योगदानको प्रशंसा गरे ।
यसैबीच, लोक गुरुङ सभापति रहेको जनसम्पर्क समितिले भने १३ औं पूण्यतिथीका दिन शोक सभा गर्ने भएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त