लन्डन । दिवंगत पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न आयोजित एक कार्यक्रममा सहभागी संख्या एक दर्जन हाराहारीमात्र रह्यो ।
पशुपति आर्यघाटमा दशौं हजार सहभागी बीच राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टी भइरहंदा लन्डनमा भने सहभागी नै भेटिएन ।
नेपाली जनसम्पर्क समिति, बेलायतको विज्ञान प्रसाईं समूहले शोक सभा गरेको थियो । जनसम्पर्क समितिमा फुट र छोटो सूचनाका कारण कार्यक्रममा सहभागी उल्लेख्य नरहेको विश्वास छ । बेलायतवासी नेपालीलाई राजनीतिप्रति उति चासो नरहेपनि कोइराला प्रजातन्त्रका लागि लडेका एकजना सादगी योद्धा थिए । उनको निधनमा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले शोक व्यक्त गर्दै दक्षिण एसियाले एकजना शालिन नेता गुमाएको उल्लेख गरेको छ ।
ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रसाईंसहित शान्तविनोद लामिछाने, विजन भट्ट, महेश दाहाल, चिरन्जिवी ढकाल, सरिता पौडेल, तारा पौडेल, एकराज नेम्वांगसहित गन्न सकिने उपस्थित थिए । सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै संविधान जारी गर्न रहेको उनको अतुलनीय योगदानको प्रशंसा गरे ।
यसैबीच, लोक गुरुङ सभापति रहेको जनसम्पर्क समितिले भने १३ औं पूण्यतिथीका दिन शोक सभा गर्ने भएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?