शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: १६:३९ | UK Time: 11:54

रेडिङ्गमा नेपाली भाषाकक्षा पुन: संचालन गरिने

वीनेपाली
२०७२ माघ २६ गते १४:३६

लण्डन । ग्रेटर रेडिङ्ग नेपाली समाजले नेपाली भाषा कक्षा संचालन गर्ने भएकाे छ ।

समाजकाे गत आइतबार, जनवरी ३१, २०१६ मा बसेको कार्यसमितिको बैठकले १२ फ्रेवुअरीदेखि नेपाली भाषा कक्षा संचालन गर्ने निर्णय गरेकाे हाे ।

कक्षा संचालन वायरहाउस, ईस्ट रेडिङ्गमा संचालन गरिने छ । साे कक्षामा छाेराछाेरीलाई पठाइदिनहुन समाजले अभिभावकसमक्ष अनुराेध गरेकाे छ ।

 

बालबालिकालाई नेपाली भाषाको ज्ञान अतिआवश्यक भएकाले उनीहरुलाई सामान्य रुपमा नेपाली भाषा पढ्न, लेख्न तथा बाेल्न सक्ने गराउने उद्धेश्यले भाषा कक्षा संचालन गर्न लागिएको समाजले जनाएकाे छ । हाल बेलायतको विद्यालयमा कक्षा ३ भन्दामाथि पढ्ने ७ वर्षभन्दा माथि उमेरका बालबालिकालाई नेपाली भाषा कक्षा संचालन गरिदैछ ।

चिरन्जीवी पौडेल, त्रिलोचन गौतम तथा अन्य स्वयंसेवकको समूहले नेपाली भाषा कक्षा संचालन गर्न सहमत हुनुभएकोमा उहाँहरुप्रति समाजले कृतज्ञता ज्ञापन गरेकाे छ ।

उक्त नेपाली भाषाकक्षा साँझ ६:०० बजेबाट- ७:१५ बजेसम्म  संचालन हुने नेपाली भाषाकक्षा संयोजक कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक