लन्डन । विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल शुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेको एभरेष्ट इन ग्रुपले नेपालको पर्यटन प्रबर्धनका लागि आगामी मार्च पहिलो साता ४३ जना बेलायती नेपाल पठाउने तयारी गरेको छ । लन्डनस्थित लुइसम नर्थ स्काउट्स सम्वद्ध किशोर किशोरी तीन साताको भ्रमणमा नेपाल जान लागेका हुन् । लुइसम नर्थ स्काउट्स एक्सपिडिसन २०१६ नाम दिइएको उक्त समूहलाई सोमबार लन्डनस्थित नेपाली दूतावासमा सम्मानसहित उनीहरुलाई नेपालबारे जानकारी दिइएको छ ।
एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले आफूहरुले नेपालको पर्यटन प्रबर्धनका लागि सन् २०११ मा १८ जना र २०१४ मा ३३ जना बेलायती नेपाल पठाइसकेको जनाउंदै आगामी महिना ४३ जना पठाइने जानकारी दिए । कलिला वालवालिकालाई नेपाल पठाउंदा उनीहरुको मस्तिष्कमा नेपालप्रति माया र लगाव रहिरहने र अरुलाई पनि सिफारिस गर्ने विश्वास भण्डारीको छ । २१ दिने भ्रमणमा ति किशोर किशोरी काठमाण्डौं, पोखरा, चितवन आदि ठाउं घुम्ने र विभिन्न स्कुलमा गएर स्काउट सम्वन्धि आदानप्रदान एवं सहयोग गर्ने कार्यक्रम छ ।
बेलायती नागरिक र स्काउटका विद्यार्थी सहभागी उक्त समारोहमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपाल साहसी गोर्खा, भगवान वुद्ध र विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएको मात्र बताएनन्, नेपाल संस्कृतिको धनी, प्राकृतिक सुन्दरता र विविधता भरिएको देश अनि नेपाली जनता हंसिला र सहयोगी भएको समेत जनाए ।
क्षेत्रीले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा राजकुमार ह्यारीले समेत नेपाल भ्रमण गर्न लागेको जनाउ दिए । उनले नेपाल पुनर्निर्माणमा अग्रसर रहेको जनाउंदै यदि नेपाललाई सहयोग गर्ने हो भने नेपाल भ्रमण गरिदिन बेलायती समक्ष आग्रह गरे ।
एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक पशुपति भण्डारीले अप्रत्यासित प्राकृतिक विपत्ति र भारतीय अघोषित नाकाबन्दीका बाबजुद पनि नेपालको पर्यटन पूर्ववतः अवस्थामा फर्किसकेको जनाउंदै नेपाल घुम्न सुरक्षित रहेको जनाए ।
‘नेपालको दुःख पीडा अब सकिएको छ’, भण्डारीले भने, ‘अब बेलायतवासी नेपालीले आफ्ना केही विदेशी साथीमात्र नेपाल पठाउन सके पनि पुनर्निर्माणमा सहयोग पुग्नेछ ।’
कार्यक्रममा सात पटक नेपाल भ्रमण गरिसकेका म्याथु होनले नेपाल भौतिक विकास र सुविधाका हिसावले उत्कृष्ट नभई प्रकृति र त्यहांका जनता मिजासिला एवं न्यानो आतिथ्य दिने स्वभावको भएका जनाए । म्याथुकै नेतृत्वमा आगामी महिना किशोर किशोरी नेपाल जांदैछन् । उक्त कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, व्यवसायीहरु वी पी खनाल, मोहन गुरुंग लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।
तस्विरहरुः शिव भण्डारी
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल